
निजी डेरीहरुले दुग्धजन्य पदार्थको मूल्य वृद्धि गरेका छन् ।
आजबाट लागु हुने गरि निजी डेरीहरुले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँले वृद्धि गरेका हुन् ।
नयाँ मूल्यवृद्धिपछि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर १०० रुपैयाँ पुगेको छ ।
दही प्रतिलिटर २५ रुपैयाँ, पनिरप्रतिकिलो १४० रुपैयाँ र घ्यू प्रतिकेजी २०० रुपैयाँले महंगिएको छ ।
यससंगै दहीको मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको, पनिरको मूल्य प्रतिकेजी ८४० रुपैयाँ र घिउको मूल्य प्रतिकेजी १३ सय रुपैयाँ कायम भएको छ ।
नयाँ मूल्य देशभर दूधकोलागि शुक्रबारबाट तथा दही, घ्यू, पनिरकाे शनिबारबाट लागू हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij