२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

दिल्ली र चीनसँग प्रतिस्पर्धा गर्ने शिक्षा आवश्यक छ – युवानेता भुषाल

दिल्ली र चीनसँग प्रतिस्पर्धा गर्ने शिक्षा आवश्यक छ – युवानेता भुषाल

शशि पन्थी भैरहवा । अबको नेपालको शिक्षा दिल्ली र चीनसँग प्रर्तिस्पर्धा गर्ने खालको हुनुपर्ने प्रतिनिधि सभा सदस्य घनश्याम भुषालले बताएका छन् ।

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयको नयाँ थप भवनको शिलान्यास कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै भुषालले अबको विकास केही गिट्टी, बालुवा र छर्री खसालेको भरमा नहुने तर्क गर्दै अब राज्य शिक्षाको विकासमा लागेको हुनाले अबको बिस वर्ष पछि नेपालका विद्यार्थीहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरीले गुणस्तरिय शिक्षाका लागि प्रदेश सरकारले गर्नुपर्ने काम र कर्तव्यका लागि हरबखत तयार भएको बताउँदै विद्यालय र स्वास्थ्य चौकिको विषयमा संवेदनशिल भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद नेपालले निजि विद्यालय भन्दा राम्रो गुणस्तरिय शिक्षा प्रदान गर्छौँ भनेर अभिभावकलाई जानकारी गराउँदै सोहि अनुरुपको शिक्षा प्रदानका लागि लागेको बताए ।

कार्यक्रममा सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ्ग, वडा नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ, गाउँपालिकाका शिक्षा संयोजक कृष्ण भुषाल, शिक्षा समिति सदस्य अविराम वि.क लगायतको आतिथ्यता रहेको थियो ।
समाजसेवी भवानी शंकर सापकोटाको स्वागत मन्तव्य र विद्यालयका प्रधानाध्यापक दिपक देवकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij