काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणले जसपाकी नेतृ प्रतिनिधि सभाकी सांसद सरिता गिरीलाई अन्तराष्ट्रिय तत्वको संज्ञा दिएका छन् । बुधबार तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दे राष्ट्रिय अखण्डता र नेपालविरुद्ध अभिव्यक्ति दिने सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारवाहि गर्न माग गरेको छन् ।
अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा गिरीलाई संसद पदबाट निलम्बन गर्नेदेखि हदैसम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असैह्य भएको छ’
‘राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अर्राष्ट्रिय तत्वहरूलाई कारबाहीको लागि जोड्दार माग गर्दछ, विज्ञप्तिमा भनिएको छ ‘हालसालै एक टेलिभिजन अन्तरवार्तामा संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर दिएको अभिव्यक्तिप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकर्षण भएको छ ।’
‘अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरी निशान छाप सच्याउनका लागि आवश्यक संविधान संशोधन गर्नुपर्ने भएको हुनाले त्यसका लागि नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बसी संविधान संशोधनको पक्षमा मतदान गर्ने संस्थागत निर्णय गरेको यहाँहरू सम्पूर्णमा सर्वबिदितै छ’, अध्यक्ष बस्नेतले जारी गरीएको विज्ञप्तिमा भनिएको छ ।
‘यसरी संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा निज सांसदले उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकताविरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।
‘ईतिहासदेखि पुर्खाहरूले बचाएको एक ईञ्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसंग पनि सम्झौता नगर्ने स्पष्ट गर्न चाहन्छ’, तरुण दलको विज्ञप्तिमा उल्लेख छ ।
सांसद सरिता गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यान आकर्षण भएको बताएको छ । उसले यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग समेत गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij