काठमाण्डौं । आफूलाई अपहरण गरिएको भन्दै पूर्व आईजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसद महेश बस्नेत र किशन कुमार श्रेष्ठ विरुद्ध महानगरीय प्रहरी र सरकारी वकिलको कार्यलयमा उजुरी दर्ता भनए पछि समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् ।
आज कानुन व्यवशायी र समाजवादी पार्टीका नेताहरु सहित आयोगको कार्यलय हरिहर भवनमा पुगेका डा. यादवले उजुरी दर्ता गराएका हुन् । सो उजुरी पछि आयोगका सदस्य प्रकाश वस्तीले जनकपुरबाट पनि स्थिति बुझ्ने र सम्बन्धित सबै पक्षसगँ बुझेर अघि बढ्ने जानकारी दिएका छन् ।
शक्तिको आडमा आफ्नो ज्यान नै लिन सक्ने जोखिम रहेकोले सांसदहरु र पूर्वआईजीपीलाई पक्राउ गरी आवश्यक छानबिन र कारवाही गर्न आयोगमा दिइएको उजुरीपत्रमा उल्लेख गरिएको छ ।
अपराध भएरनभएको, अपहरण भएरनभएको हेर्ने काम अदालत र प्रहरीको भएको उल्लेख गर्दै वस्तीले उजुरी कर्ताको मानवअधिकार भएको छ कि छैन भन्ने विषयमा आयोगले अनुसन्धान गर्ने बताए । उनका अनुसार उजुरीमा उल्लेख भएअनुसार मानवअधिकार उल्लंघन भएको पाइए त्यसको पुनर्स्थापना गर्न के गर्नुपर्छ त्यसका लागि सरकारलाई निर्देशन दिइने छ ।
काठमाडौंबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआईजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए । त्यस पछि अपहरणको मुद्धाले चर्चा पाए पनि प्रहरी र सरकारी वकिलको कार्यलयले यो मुद्धा दर्ता गर्न मानेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij