२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

डा. केसी र अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ : भट्टराई

डा. केसी र अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ : भट्टराई

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले डा. गोविन्द केसी र गंगामाया अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ भइरहेको बताएका छन् । 

डा। केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग दिँदै सांसद भट्टराईले डा. केसी, गंगामाया र बालकृष्ण ढुंगेलका नाममा ‘इमोसनल ब्याकमेलिङ’ नगर्न आग्रह गरे ।

भट्टराईले कांग्रेस जोगाउन अब गोविन्द केसीको सहारा लिनुपर्ने अवस्था आएको हो भनी प्रश्न पनि गरे ।

डा। केसीलाई सरकारले गैरन्यायिक हिरासतमा राखेको भन्दै दाबी गलत भएको उनले बताए । नेकपाका सांसद भट्टराईले भने, उहाँ आफू खुसी जुम्लामा अनसन बस्नुभएको हो । यस्तो झुटो प्रस्ताव संसदमा ल्याएर समय खेर नफालौं ।’

उनले कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको हो भनेर प्रश्न समेत गरेका छन् ।

काठमाडौंमा मेडिकल खोल्ने कि नखोल्ने सरकारले निक्र्यौल गर्ने भन्दै सांसद भट्टराईले मेडिकल कलेजहरुबारे छानविन गर्न संसदीय समिति बनाउन प्रस्ताव गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij