काठमाडौं । सिंगापूर लगानीकर्ता कम्पनी अन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेशनले नेपाललाई १०,००० फर्टिट्यूड किट २.० प्रदान गरेको छ । उक्त किटहरु नेपाल सेनालाई प्रदान गरिएको थियो, जुन फ्रन्टलाइन स्वास्थ्यकर्मीद्वारा देशभरका कोभिड—१९ का बिरामीहरुको परिक्षणका लागि उपयोग गरिनेछ ।
फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापूरको एजेन्सी (A*START) द्वारा एसएआरएस कोभिड—२ भाइरस (SARS-CoV-2) पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि “अलइनवान” १ चरण आरटी—पीसीआर किट हो । यो किटमा आरटी—पीसी r/0fR
रियाक्शनका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइममिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेट सहित आउँदछ ।
टेमासेक फाउन्डेशन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले भन्नुभयो, “यो कठिन समयमा, टेमासेक फाउन्डेशन नेपालका हाम्रा साथीहरुसँग एकतावद्ध छ । हामी आशा गर्दछौं कि यी किटहरु नेपालमा साहसपूर्वक कोभिड—१९ का अवस्थाहरुलाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुनेछन् । हामी हाम्रो निरन्तर सहकार्यलाई कायम गर्दै एक अर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारी राख्नेछौं ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij