
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को ४२ औं साधारणसभा काठमाडौंमा आयोजना हुन लागेको छ । हाल टानमा करिब १८ सय सदस्यहरु छन् । छ । देशैभरका ट्रेकिङ एजेन्सी सञ्चालकको छाता सङ्गठनको रुपमा रहेको यस संस्थाको साधारणसभा नयाँ कार्यसमितिको निर्वाचन सहित सम्पन्न हुनेछ । यस पटकको निर्वाचनलाई लक्षित गरेर व्यवसायीहरुको भेटघाट र जनसम्पर्क तीव्र हुने क्रम शुरु भएको छ । सोही परिप्रेक्ष्यमा हाल टानका वरिष्ठ उपाध्यक्ष रहेका खुम सुवेदी अबको निर्वाचनमा आफूले अध्यक्ष पदको लागि उम्मेदवारी दिन लागेको र यस कार्यमा आफूलाई साथ दिन व्यवसायीहरुलाई आग्रह गरेका छन् । । पर्यटन क्षेत्रमा करिब ३ दशक बिताएका सुवेदी अबका दिनमा टानलाई अझ व्यावसायिक बनाउँदै लैजान पहल गर्नुपर्ने बताउँछन् ।
कस्तो संस्था हो टान ?
पर्यटन क्षेत्रमा राम्रो पहिचान बनाउन सफल संस्था हो टान । ट्रेकिङ व्यवसायमा संलग्न सबै व्यवसायीको हक, हित र सुरक्षाको लागि प्रभावकारी तवरले काम गर्दै आएको कारण अहिले टानले विशिष्ट पहिचान बनाउन सफल भएको हो । बलियो मत द्वारा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन सफल र अबको निर्वाचनमा अध्यक्षका प्रत्यासी सुवेदी आगामी दिनमा समेत टे«किङ क्षेत्रमा संलग्न सबै व्यवसायीहरुको हक र अधिकार स्थापनाको लागि यस संस्थाले बदलिँदो परिस्थितिमा सोही बमोजिम पृथक गतिविधिहरु समेत सञ्चालन गर्नुपर्ने बताउँछन् ।
टानको अबको नेतृत्वले गर्नुपर्ने कार्यहरु
टानले सबै सदस्यहरुको भावनालाई कदर गर्दै आफ्ना गतिविधिहरु अघी बढाउनु जरुरी छ । साथै टानलाई व्यवस्थित तवरले सञ्चालन गर्ने, टानमा देखिएका विभिन्न समस्यालाई निराकरण गर्ने, पर्यटन वोर्डमा रहेका टिम्सका मुद्धाहरुलाई टुङ्गोमा पुर्याउने, विभिन्न पर्यटकीय गञ्तव्यहरुलाई पहिचान गर्ने र प्रदेश सरकार तथा गाउँपालिकाको सहकार्यमा प्रवद्र्धन गर्ने लगायतका विभिन्न गतिविधिहरु टानबाट आगामी दिनमा अघी बढाउनु जरुरी छ । आफ्नो नेतृत्वले यी कामहरु सफल पार्ने सुवेदी बताउँछन् । यसको अलावा आफ्नो नेतृत्वले सरकारलाई कर तिर्दा त्यसबाट भ्यालु क्रियट हुने किसिमले गर्न पहल गर्ने, व्यवसायमा देखिएको असामञ्जस्ता व्यवस्थित गर्ने, मजदुरहरुले पाउनुपर्ने तलबभत्तामा देखिएका समस्या समाधान गर्ने लगायतका पहल हुने समेत सुवेदी बताउँछन् । यसैगरी नेपालको पर्यटन उद्योगको महत्व संस्थागत रुपमा विभिन्न तवरबाट अघी बढाउन पहल गर्ने साथै आगामी नेतृत्वबाट एड्भेन्चर ट्राभल शो आयोजना गर्नुपर्ने विशेष योजना समेत सुवेदीले तय गरिसकेका छन् ।
साझा टान निर्माणमा पहल
नेपालका ट्रेकिङ व्यवसायमा संलग्न व्यक्तिहरु मध्ये ठूलो सङ्ख्या अहिले पनि टान नेतृत्व प्रति असन्तुष्ट छन्, उनीहरुलाई समेत सम्बोधन हुने गरी सबै व्यवसायीलाई एउटै मालामा केन्द्रित गर्नु जरुरी छ । जसले गर्दा टानको साख अझ बढ्न सकोस् । यसको अलावा नेपालका टानले विभिन्न संस्थाहरु सँग सहकार्य गरी सोही बमोजिम पर्यटकीय गतिविधिलाई प्रवद्र्धन गर्नुपर्ने जरुरी समेत छ ।
टानको अध्यक्षमा सुवेदीको उम्मेदवारी किन ?
टानमा विभिन्न भुमिका हुँदा वरिष्ठ उपाध्यक्ष बन्न सफल सुवेदीको विभिन्न संस्थाहरुसँग राम्रो सम्बन्ध छ । पर्यटनका सबै विषयवस्तुलाई राम्ररी बुझेका छन् । आफू वरिष्ठ उपाध्यक्षको भुमिकामा रहँदा विभिन्न पक्षसँग सम्बन्ध विस्तारको लागि पहल भएका पहलहरुलाई साकार रुप दिन र नेपालको पर्यटकीय गरिमालाई उच्च राख्न साथै अघी बढेका गतिविधिहरुलाई कार्यगत रुपमा टुंगोमा पु¥याउन सक्षम र जागरुक नेतृत्व आवश्यक रहेको कुरालाई दृष्टिगत गर्दै आफू यी सबै कार्यको लागि योग्य पात्र रहेको कारण सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् ।
नेपालको पर्यटन उद्योग, पर्यटन सँग जोडिने अन्य विषयवस्तु, सरोकारवाला निकाय सँग खेल्नुपर्ने भूमिका लगायतको बारेमा समेत सुवेदीलाई राम्रो ज्ञान भएको कारण सुवेदीको नेतृत्व प्रति ट्रेकिङ व्यवसायीहरु विशेष आशावादी छन् । अहिले नेपालमा पर्यटन क्षेत्र सँग सम्बन्धित विभिन्न संस्थाहरु रहेका र ती संस्थाहरुले सामुहिक हितमा काम गर्नु भन्दा पनि पर्यटन उद्योगका मुद्धाहरुलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने प्रचलन रहेको कारण अब सबै व्यवसायीहरुले सामुहिक मुद्धालाई सम्बोधन हुने गरी गतिविधिहरु अघी बढाउनुपर्ने आवश्यकता रहेबमोजिम सबै किसिमका व्यवसायीहरुलाई एउटै सञ्जालमा ल्याउँदै आपसी सहकार्यको माध्यमबाट काम गर्नुपर्ने आवश्यकता रहेको समेत सुवेदी बताउँछन् । जसले गर्दा पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरु सक्षम, सबल, उत्तरदायी र व्यावसायिक बन्न सक्ने वातावरण सृजना होस् ।
अहिलेको टान नेतृत्वबाट भएका प्रयाशहरु
पर्यटन क्षेत्रमा अहिलेको कार्यसमितिले विभिन्न किसिमका कामहरु गर्ने प्रयाश गरेको छ । यद्यपि अहिले सम्म ती कार्यहरुलाई अन्तिम परिणाम भने दिन सकिएको छैन । केही कामहरु अख्तियारको नजरमा परेका छन् । यद्यपि टानले अघी बढाएका कुराहरुले अहिले नेपाल सरकारलाई समेत सकारात्मक तवरले ध्यानाकर्षण गराएको छ । टानले विभिन्न मुद्दाहरु अघी बढाइरहँदा त्यसका केही सकारात्मक सङ्केतहरु समेत देखिन थालेका छन् । यस्तो अवस्थामा टानको नयाँ नेतृत्वले ती प्रयाशहरुलाई नयाँ उचाईमा पुर्याउन र नेपालमा टानको माध्यमबाट व्यवसायीहरुले हासिल गरेका उपलब्धिहरुलाई बचाउँदै नयाँ दिशा तय गरेर अघी बढ्नु जरुरी छ ।
नेपालका ट्रेकिङ व्यवसायमा संलग्न व्यक्तिहरु मध्ये ठूलो सङ्ख्या अहिले पनि टान नेतृत्व प्रति असन्तुष्ट छन्, उनीहरुलाई समेत सम्बोधन हुने गरी सबै व्यवसायीलाई एउटै मालामा केन्द्रित गर्नु जरुरी छ । जसले गर्दा टानको साख अझ बढ्न सकोस् । यसको अलावा नेपालका टानले विभिन्न संस्थाहरु सँग सहकार्य गरी सोही बमोजिम पर्यटकीय गतिविधिलाई प्रवद्र्धन गर्नुपर्ने जरुरी समेत छ ।
टानमा कस्ता व्यक्तिले पाउनुपर्छ नेतृत्व ?
टानको अबको नेतृत्वमा सक्षम, जागरुक र नेतृत्वदायी व्यक्तिहरु आउनु जरुरी छ । सोही बमोजिम सम्बन्धित व्यक्तिको व्यक्तिगत पहिचान गर्न सहज हुने किसिमले करिब २ महिना पहिले देखि नै यस पटकको साधारणसभा घोषणा गरिएको छ । सबैको प्रतिनिधित्व हुन सक्ने गरी व्यावसायिक र राम्रो चरित्रशिल व्यक्तिलाई समेट्नसके मात्र टानको गरिमा माथि उठ्न सक्छ ।
टानको निर्वाचन पश्चात् गर्नुपर्ने गतिविधि
सुवेदी भन्छन्, ‘यदि व्यवसायीहरुको माया पाएर म निर्वाचित भएर आउन सकेको खण्डमा हामीले अघी बढाउनुपर्ने गतिविधिहरु निकै प्रभावकारी रुपमा अघी बढाउनेछौं । हामीले टानका नियमित गतिविधिको अलावा अन्य गतिविधिहरु पनि निरन्तर रुपमा बार्षिक कार्यक्रमको रुपमा पहिले नै तय गरेर सोही बमोजिम सञ्चालन गर्नेछौं । यस कार्यमा हामीले पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरुका आवाजलाई सम्बोधन गर्नको लागि समेत समेत विशेष प्रयाश गर्नेछौं ।
हामीले लामो समय देखि उठाउँदै आएको मुद्दा मध्ये एक मुद्दा अर्थात विदेशी पर्यटक ट्रेकिङमा जाने क्रममा अनिवार्य रुपमा गाइड रहनुपर्ने कुरा अब छिट्टै नै नीतिगत रुपमा साकार हुने अवस्थामा छ । अहिले पनि टानबाट व्यावसायिक हकहितको लागि विभिन्न कार्यहरु नभएका होइनन् । यद्यपि ती गतिविधिहरुलाई अझ सशक्त बनाउनु जरुरी छ । यसैकार्यको लागि मैले आफ्नो उम्मेद्वारी दिँदैछु ।’
सुवेदी अगाडि थप्छन्, ‘मैले विगत लामो समय देखि टानको निकट रहेर विभिन्न गतिविधिहरुमा आफूलाई अघी बढाउँदै आएको छु ।

अहिलेको कार्यकालमा म वरिष्ठ उपाध्यक्षको भूमिकामा रहँदा पनि मैले पूर्ण रुपमा यसै संस्थाको लागि आफ्नो समय र विज्ञता प्रयोगमा ल्याएँ । अब अध्यक्षको भूमिका पाउन सकेको खण्डमा मैले आफ्नै मुख्य नेतृत्वमा नेपालको पर्यटन क्षेत्र, पर्यटन व्यवसायी र यस क्षेत्रका नीतिगत व्यवस्थालाई कसरी सही रुपमा सम्बोधन गर्न सकिन्छ भन्नेमा आफ्ना गतिविधिहरु अघी बढाउनेछु । नेपालमा पर्यटन क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा समेत थप परिचित बनाउँदै आफ्ना क्रियाकलाप अघी बढाउन र विशेष महत्वको साथ यस व्यवसायलाई अघी बढाउन मैले विशेष तवरले काम गर्नेछु ।’
समृद्ध नेपाल निर्माणमा पर्यटनको महत्व
अहिले नेपाल सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’ भन्ने नाराको साथ विभिन्न उद्धेश्यहरु अघी सारेको छ । यो आफैंमा राम्रो योजना हो । यद्यपि यसलाई पूरा गर्नको निम्ति हामी जुन रुपमा कार्यान्वयनको दिशामा अघी बढ्नुपर्ने हो त्यो प्रयाश पनि प्रयाप्त छ कि छैन भन्ने कुरा पनि त्यति नै महत्वपूर्ण हुन्छ ।
नेपाल सरकारले ‘भिजिट नेपाल २०२०’ लाई सम्पन्न गर्नको लागि १० करोड बजेट विनियोजन गरेको छ । जुन बजेट निकै कम अर्थात हात्तीको मुखमा जिरा जस्तै हो । अहिलेको बदलिएको परिस्थिति बमोजिमको महँगी, विदेशमा गएर प्रवद्र्धनको लागि गर्नुपर्ने पहल, नेपालमा विकास गर्नुपर्ने पूर्वाधार, सचेतनामूलक गतिविधिहरु लगायतको निम्ति यो रकम निकै नै कम हो । यसकारण उक्त इभेन्टलाई सम्पन्न गर्नको निम्ति हामीले अब अलि फरक तवरले हाम्रा गतिविधिहरु अघी बढाउनु जरुरी छ । हामीले भिजिट नेपालमा २० लाख पर्यटक नेपालमा ल्याउने जुन लक्ष्य राखेका छौं, यसलाई सम्पन्न गर्न हामीले अलि सक्रिय रुपमा नै हाम्रा गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ ।
सुखी नेपाली र समृद्ध नेपालको निम्ति पर्यटन व्यवसाय पनि एक महत्वपूर्ण क्षेत्र हुनसक्छ । थोरै लगानीमा राम्रो प्रतिफल प्राप्त गर्न सकिने क्षेत्र समेत भएको कारण यस क्षेत्रको प्रवद्र्धनको निमित्त नेपाल सरकारले अलि बढी चासोको साथ आफ्ना गतिविधिहरु अघी बढाउनुपर्छ । यसो भएको खण्डमा हामीले चाहे बमोजिम उद्धेश्य अवश्य पनि हासिल गर्न सक्छौं । यसको लागि हामीलाई राज्यको ठूलो सहयोगको खाँचो छ ।
अन्त्यमा,
भिजिट नेपाल सबै नेपालीको हो । पर्यटन व्यवसायीको मात्र होइन । यस कार्यमा सबै पक्षको समान भूमिका हुनु जरुरी रहन्छ । सबैको समान प्रतिनिधित्व हुनुपर्ने भएपनि अहिले यस कार्यको निम्ति समिति निर्माण गर्दा नेकपा निकट व्यक्तिहरु बढी मात्रामा संलग्न छन् । यसबाट हेर्दा के यो भिजिट नेपाल २०२० राज्य सञ्चालकको मात्र हो त ? यदि सबैको हो भने यस क्षेत्रमा संलग्न सबै व्यावसायिक व्यक्तिहरुलाई पनि स्थान दिनु जरुरी रहँदैन र ? भन्ने प्रश्न आउनु पनि स्वभाविकै हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij