काठमाडाैं, २८ पुसः जिल्ला प्रहरी परिसर काठमाडौंले फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादी पक्राउको निम्ति सञ्चालन गरिँदै आएको विशेष अभियान अनुरुप विहीबार १११ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौलें दण्डहीनता अन्त्य गर्ने उद्देश्य अनुरुप उक्त अभियान सञ्चालन गरिँदै आएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौलें आर्थिक वर्ष २०८१/८२ पुस मसान्तसम्मको ८२२ जना गरी हालसम्म जम्मा १८४५ जना फरार सूचीमा रहेको प्रतिवादीहरुलाई पक्राउ गरी सम्मानित अदालतसमक्ष पेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्र.उ नवराज अधिकारीले एक विज्ञप्तिमार्फत जानकारी दिनुभयो । साथै उक्त प्रतिवादीहरुबाट जरिवाना रकम बपत रु.४ करोड ८२ लाख ३६ हजार ८ सय ८५ रुपैयाँ महासुल गरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी परिसर काठमाडौलें विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेका व्यक्तिहरु आफ्नो ईलाकामा लुकिछिपि बसिरहेको जानकारी भएमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन अह्वान समेत गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij