२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

छहारी वचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारणसभा सम्पन्न

छहारी वचत तथा ऋण सहकारीको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका स्थित छहारी  बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा कार्यक्रम सस्थाका संचालक समितिका अध्यक्ष रामेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधारणसभालाई सम्बाेधन गर्दै तत्कालिन अवस्थामा  छहारी सहकारीको अवधारणा ल्याउनुहुने बाैद्दिक व्यक्तित्व ज्यााेति अधिकारीले अबका दिनमा यस संस्थाले बढी भन्दा बढी उत्पादनमूलक क्षेत्रहरुमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम संस्थाका पूर्वअध्यक्ष विष्णु अधिकारीको प्रमुख आतिथ्यता र गंगाजमुना गाउँपालिका स्थित  विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।

संस्थाका अध्यक्ष रामेश्वर अधिकारीले संस्था आजको अवस्थामा आईपुग्नुुुमा तपाईहरुकै साथसहयोग र मार्गनिर्देशन प्रभावकारी हुन सकेकाे भन्दै शेयर सदस्यहरूलाई थप हाैसला प्रदान गर्नुभयो ।

आफू अनि आफ्नो टिमले बढी भन्दा बढी समय  संस्थालाई नै दिँदै आएको र आउने दिनहरुमा पनि सम्पूर्ण सेयर सदस्यज्युहरुको सल्लाह सुझाव र सहकार्यमा उक्त सहकारीलाइ जिल्लाकै उत्कृष्ट सहकारी बनाउने याेजना बमाेेजिम आफुहरू अघि बढिरहेकाेे समेत उहाँले बताउनुभएको छ ।

छहारी बचत तथा ऋण सहकारी संस्था विगत लामो समय देखि त्यस क्षेत्रका जनताको आर्थिक गतिविधि एवं दुखसुखमा सहयोगीकाे भुमिका निर्वाह गर्दै आइरहेको छ। कृषि, स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता विषयहरुमा त्यहाँका जनतालाई आवश्यक पर्दा ऋण प्रवाह गर्ने र बचतकर्ताहरुबाट बचत रकम संकलन गरी उचित ब्याज दिइ दुखसुखकाे सारथीकाे रुपमा काम गर्नुकाे अलावा उक्त सहकारीले जनताको जीवनस्तर उकास्न समेत विशेष मद्दत पुर्याउँदै आएकाे छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij