तारकेश्वरको लामबगर नजिकै सञ्चालित चिल्ड्रेन हेराल्ड एकेडेमीले शनिवार सिएचए डे सम्पन्न गरेको छ । विविध सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका स्काउट । तेक्वान्दो ग्रुपका विद्यार्थीहरुले समेत कार्यक्रमलाई व्यवस्थित गर्नको निम्ति सहयोग गरेका थिए ।
डा. राम प्रसाद ज्ञवाली प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेल धिताल, श्रोत व्यक्ति रामेश्वर पौडेल लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरु, स्थानीय समाजसेवी तथा प्रतिष्ठित व्यक्तिको सहभागिता रहेको थियो ।
करिब १५ सयको हाराहारीमा उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले विद्यालयको अहिलेको अवस्था, प्रगति विवतरण र आगामी योजनाहरु बारे धारणा व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि राम प्रसाद ज्ञवालीले नेपालको शिक्षा पद्धति र निजी क्षेत्रको योगदान सम्बन्धमा धारणा राख्नुभयो । स्रोत व्यक्ति रामेश्वर पौडेलले विद्यालयले शिक्षाको अतिरिक्त अतिरिक्त क्रियाकलापहरुमा समेत राम्रो प्रगति गरेको प्रति प्रशंसा गर्दै अझ अघी बढ्नको निम्ति हौसला प्रदान गर्नुभयो ।

पछिल्लो समय तारकेश्वर क्षेत्रमा फरक पहिचान बनाउन सफल यस चिल्ड्रेन हेराल्ड एकेडेमीले पछिल्लो समय फुट्सल तथा बास्केटबल ग्राउण्ड समेत निर्माण गर्दैछ । साथै स्वीमिङ पुल निर्माणको निम्ति डिजाइन तयार भइसकेको छ । साथै प्रि क्लासको लागि समेत अलग अलग भवनहरु तयार भइसकेको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij