रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटोमोवाइल प्रा.लि.ले दशैंतिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो ।
यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्नेछन् । यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर “अब रेनो सँग हरेक दिन शुभ दिन” भन्ने नारा सहित सार्वजनिक गरिएको हो ।
अफर अनुसार हरेक रेनो गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदाहरु ग्राहकले पाउन सक्नेछन् ।
यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्स्योरेन्स, फ्रि एसेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टी लगायतका सुविधा पाउन सक्नेछन् ।
यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij