२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

चारअाेटै ठूला जलविद्युतकाे पानी नाप्ने जिम्मेवारी इन्नाेभेटिभले पायाे

चारअाेटै ठूला जलविद्युतकाे पानी नाप्ने जिम्मेवारी इन्नाेभेटिभले पायाे

४ अाेटा ठूला जलविद्युत अायाेजनाकाे पानी नाप्ने जिम्मेवारी इन्नाेभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रा.लि.ले प्राप्त गरेकाे छ।  

इन्जिनियरिङ फिल्ड वर्क्स तथा इन्भेष्टिगेसनलार्इ व्यवस्थित तथा स्ट्याण्डराइजेसन गर्ने उद्देश्यले स्थापना गरिएकाे इन्नाेभेटिभ इन्जिनियरिङ एण्ड सर्भिस प्रा.लि ले देशकै ठूला मानिएका ४ अाेटा अायाेजनाकाे पानी नाप्ने कामकाे जिम्मेवारी हात पारेकाे छ ।

गुणस्तरीय काम तथा अार्थिक मूल्याङ्कनकाे अाधारमा इन्नाेभेटिभले कामकाे जिम्मेवारी लिन सफल अायाेजनाहरूमा बेतान कर्णाली (६८८ मेघावाट), फुकाेट कर्णाली (४२६ मेघावाट),  किमाथाङ्का अरूण (४५०मेघावाट) र जगदुल्ला (४२७ मेघावाट) रहेका छन् । यी चारअाेटै अायाेजनाहरू नेपाल विद्युत प्राधिकरण अन्तरगतकाे इन्जिनियरिङ कम्पनीले  अध्ययन गरिरहेकाे छ ।

कामकाे जिम्मेवारी प्राप्त गरिसकेपछि सेताेघर डट कमसँग छाेटाे कुराकानी गर्दै कम्पनीका प्रबन्ध निर्देशक अनुप खनालले यस जितबाट अाफू तथा अाफ्नाे टिम थप उत्साहित भएकाे बताउनुभयाे । खनालले छाेटाे अवधिमा नै अाफ्नाे कम्पनीले अत्यधिक सफलता पाएकाेमा खुसी व्यक्त गर्दै यस कार्यकाे निम्ति साथ दिनुहुने सम्पूर्ण सरकारी तथा गैरसरकारी क्षेत्रका सेवाग्राहीहरू, कमपनीका निर्देशकहरू, इन्जिनियर तथा सम्बन्धित  सबैमा अाभार प्रकट गर्नुभयाे ।

हाल इन्नाेभेटिभ इन्जिनियरिङ सर्भिसेसले गेज इन्स्टलेसन, केवल वे इन्स्टलेसन, खाेलाकाे ब्याथाेमेट्रिक सर्भे तथा टाेपाेग्राफिकल सर्भे लगायतका कामहरू समेत गर्दै अाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij