२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

चन्द्रागिरि हिल्सको अध्यक्ष बने हेमराज ढकाल नियुक्त

चन्द्रागिरि हिल्सको अध्यक्ष बने हेमराज ढकाल नियुक्त

काठमाडौं ।चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल निर्वाचति भएका छन् ।

कम्पनीको पुस २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट संचालक सलस्यमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग र दिलिप शेखर श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुको ४ वर्ष कार्यकालको लागि संचालक सदस्यमा नियुक्त भएका हुन् ।

साथै, सोही दिनमा बसेको नव निर्वाचित संचालक समितिको बैठकले संचालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij