निजगढ — धारिलो हतियारले घाँटी रेटेर एक भारतीय नागरिकको हत्या गरिएको छ । बिहारको पूर्वी चम्पारणस्थित सिरहा ग्राम पञ्चायत १२ का २९ वर्षीय अजय माझीको हत्या भएको हो । प्रहरीका अनुसार उनको शव सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरस्थित गहुँ खेतमा फेला परेको छ ।
धारिलो हतियारले घाँटी रेटेर माझीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक माझी सिम्रौनगढस्थित बुलेट इँटा उद्योगमा काम गर्थे । उनको शव फेला पर्नुभन्दा एक दिन अगाडि सोही इँटा उद्योगमा कार्यरत उनकै गाउँका अन्य मजदुर साथीसँग झगडा भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । ‘घटनापछि उनीसँगै काम गर्ने भारतीय मजदुर फरार छन्,’ उनले भने ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij