२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ग्रिल महासंघका अध्यक्षकाे प्रस्नः घरमा चुल्हो बल्न छोडेको बेला कर तिर्ने पैसा कहाँबाट ल्याउँ सरकार ?

ग्रिल महासंघका अध्यक्षकाे प्रस्नः घरमा चुल्हो बल्न छोडेको बेला कर तिर्ने पैसा कहाँबाट ल्याउँ सरकार ?

विगत ७१ दिन देखि सबै उद्याेग व्यापार एव‌ं व्यवसाय बन्द गरेर सरकारले दिएको आदेश पालना गरि घरमै नजरबन्दमा बसेका ग्रील तथा लघु घरेलु एवं साना उद्याेगीहरु स्वयम र आफ्ना श्रमिकहरुको  बिहान बेलुकाको छाक  जसाेतसाे टार्दै आइरहेका छन् ।

लकडाउनको अवधि जेठ ३२ गते सम्म कायम गरेको अवस्थामा  उद्याेगी र श्रमिकको घरमा चुल्हो बल्न नसक्ने अवस्था सृजना भएकाे छ । तर यही बेलामा  नेपाल सरकारकाे पछिल्लाे आदेशले सबैजसाे उद्याेगी एवं व्यवसायीहरु त्रसित भएका छन् ।

सरकारले जेठ २५ गते भित्र राजस्व दाखिला नगरे कारबाही गर्ने सुचना   प्रकाशित गरेपछि व्यवसायीहरुमा कोरोनाको संक्रमण भन्दा पनि  करको त्रासका कारण अकालमा ज्यान नै गुम्न सक्ने  चिन्ता समेत थपिएकाे छ ।

सीमित लगानीमा स्थानिय स्तरमै आवश्यक पर्ने सेवा तथा उत्पादनहरु उपलब्ध गराउँदै   देशमा रोजगारी सृजना गरी राज्यलाइ राजस्व बुझाउँदै आइरहेका ग्रील तथा साना लघु, घरेलु उद्याेग ब्यवसायिहरु यस कठिन अवस्थामा अभिभावककाे रुपमा रहेको नेपाल सरकारबाट संकटमा परेका उद्याेगीहरुलाई उद्दार गर्न विशेष राहत सहितको आर्थिक प्याकेज उपलब्ध गराउने  आस्वासन  पाएको स्थितिमा एक्कासी दबाब सहितको कर तिर्ने सार्वजनिक  सुचनाले उद्याेगिहरु मर्माहत भएका छन् ।

देशको असहज अवस्थाको बारेमा काेही पनि अनविग्य नरहेको तथा अब मुख्य चुनौतिको रुपमा बेरोजगारी समस्या सृजना हुन लागेकाे अवस्थामा यसकाे समाधानकाे लागि थप रोजगारी सृजना गरि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा काँधमा काँध मिलाई देशलाइ अहिलेको असामान्य अवस्थाबाट सामान्य अवस्थामा ल्याउने प्रण गरेका ग्रील तथा  लघु घरेलु तथा साना उद्याेगहरुको वास्तविक अवस्थालाइ मनन गरेर जेठ २५ गते भित्र फरफारक गर्न दिइएको निर्देशनलाइ लकडाउन खोलेपछिको कम्तिमा ३ महिनाको समयावधि थप गरि जिम्मेवार अभिभावकत्वको भुमिका निर्वाह गर्न ग्रिल व्यवसायीहरुले सरकारलाइ  ध्यानाकर्षण गराएका छन् ।

अत्यधिक रुपमा बढिरहेका कोरोना सन्क्रमितहरुलाइ राख्ने क्वारेन्टिनको अभाव भैरहेको बेला बन्दाबन्दीकाे कारण रोग , भोक त्रास र चिन्तामा बाँचिरहेका  ४ लाख भन्दा बढिको सङ्खयामा रहेका ग्रील तथा लघु घरेलु तथा साना उद्याेग र तिनमा संलग्न २६ लाख भन्दा बढी श्रमिकहरुलाइ  सरकारले दिएको निर्देशन अनुसार राजस्व दाखिला गर्न नसक्ने अवस्थामा अधिका‌ंश व्यवसायी र उद्याेगी रहेकाे भन्दै सरकारले अत्यन्तै गम्भीर एवम जिम्मेवार भएर समयावधि थप गर्न  र सुरक्षात्मक विधिहरु अपनाएर उद्याेग व्यापार ब्यवसाय सन्चालन गर्ने वातावरण मिलाइ  अर्थतन्त्रलाई चलायमान बनाउन समेत ग्रिल व्यवसायीहरुकाे छाता संगठन ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष माेहन कटुवालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij