२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

ग्यास उद्याेगीकाे सरकारलार्इ अल्टिमेटम

ग्यास उद्याेगीकाे सरकारलार्इ अल्टिमेटम

काठमाडौं । व्यावसायीहरूले बुलेट सञ्चालनको समस्या समाधान नभए दशैं, तिहारमा खाना पकाउने एलपी ग्यासको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । समस्या समाधान नभए नेपालीको महान पर्व दशैं, तिहार लगायतमा ग्यासको आपूर्तिमा अवरोध सृजना हुनसक्ने बताउँदै एलपी ग्यास उद्याेग संघले विज्ञप्ति निकालेकाे छ । संघले सरकारलाई १५ दिनको अल्टिमेटम समेत दिएको छ ।

बुलेटको समस्या समाधानका लागि पहल र समन्वय गर्न संघका नवनिर्वाचित अध्यक्ष गोकुल भण्डारीको संयोकत्वमा निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे, कार्यसमिति सदस्य जितवहादुर कार्की, राजकुमार सिन्धी, सल्लाहकार कृष्णकुमार श्रेष्ठ सम्मिलित पाँच सदस्यीय समिति समेत गठन गरिएको छ ।

‘सरकारकै स्वीकृतिमा बुलेट निर्माणका लागि व्यवसायीले अर्डर गरेका थिए,’ संघका अध्यक्ष भण्डारीले भने, ‘तर, ४ सय बुलेट बनिसकेर थन्किएको पनि नौ महिना बितिसकेको छ ।’ बुलेट सञ्चालन गर्ने अनुमति नपाउँदा त्यसमा गरेको लगानी जोखिममा परेको संघले बताएको छ । ‘बुलेट निर्माणका लागि बैंकबाट लिएको ऋणको किस्ता तिर्न पनि धौधौ पर्दा व्यवसायी मर्कामा परेका छन्,’ भण्डारीले भने । बुलेट सञ्चालन गर्ने वातावरण नबने व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने संघको माग छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij