काठमाडौँ, २१ फागुनः हिजाे थापाथलीमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन मर्मत भएको छ । मङ्गलबार बिहान मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन फुट्दा करिब ५ लाख लिटर पानी खेर गएकाे थियाे ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले राससलाई जानकारी दिनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij