खाद्य स्वच्छता सम्बन्धमा नागरिक सरोकार समाज तारकेश्वर र उपभोक्ता अधिकार अनुसन्धान मञ्चको आयोजना तथा अर्थली प्याराडाइज स्कुलको विशेष समन्वयनमा काठमाडौंको तारकेश्वर स्थित लोलाङको बोहोराटारमा एकदिवसीय सचेतनामूलक विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
खाद्य पदार्थलाई कसरी स्वस्थकर राख्ने र उपभोक्ताले बजारबाट सामान किन्ने क्रममा के–कस्ता विषयहरुमा सतर्क रहनुपर्छ भन्ने सम्बन्धमा उक्त कार्यक्रममा विशेष छलफल भएको छ ।
कार्यक्रम खाद्य स्वच्छता, सुरक्षा, आधारभूत उपभोक्ता अधिकार तथा खाना पकाउने एलपी ग्यासको प्रयोगको क्रममा अपनाउनुपर्ने सचेतना लगायतको विषयमा केन्द्रित
थियो । एलपी ग्यासको सचेतना सम्बन्धमा ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले आफ्नो धारणा राख्नुभयो ।
कार्यक्रममा नागरिक सरोकार समाज तारकेश्वरका अध्यक्ष चन्द्रमणि अधिकारी, संस्थाका महासचिव दिवाकर पौडेल, उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सिना, विद्यालयकी प्रिन्सिपल सिता रेग्मी अधिकारी, विद्यालयका संस्थापक निर्देशक ऋषिराम भट्टराई लगायत निकै ठूलो सङ्ख्यामा स्थानीय महिला तथा उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij