२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

क्वारेन्टिनमा बसेका एक जनाले गरे आत्महत्या

क्वारेन्टिनमा बसेका एक जनाले गरे आत्महत्या

अनिल खत्री, गुल्मी । गुल्मीमा क्वारेन्टिनमा बसेका एक जना व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्बर-४ दिगाम स्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माविको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर आत्महत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर-४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए ।
खाना खान नआएपछि खोज्ने क्रममा रुखमा झुण्डिएको अवस्थामा फेला परेको न्यौपानेले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबरमा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij