सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर नेपाल (सिडेन)को आयोजनामा मार्च १७ मा एक छलफलको आयोजना गर्दैछ ।
डिजिटल प्लेटफर्मको रुपमा रहेको अनलाइन प्रविधिबाट गरिने उक्त छलफलमा चर्चित उद्योगपति एवं चौधरी समूहका अध्यक्ष विनोद चौधरी र राजनीतिक विष्लेशक नवीन्द्रराज जोशीले अबको कारोना समाप्ति पछि उद्योग व्यवसायलाई कसरी स्मार्ट बनाउँदै लैजाने भन्ने सम्बन्धमा छलफल हुनेछ ।
छलफलको समय बेलुका ५ देखि ६ बजेको लागि निर्धारण गरिएको छ । छलफलको शीर्षक ‘ग्लोबल टे«ण्डस् अन स्मार्ट म्यानुफ्याक्चरिङ’ राखिएको छ ।
सिडेनले लकडाउनको अवसर पारेर आयोजना गर्न लागेको यो तेस्रो अनलाइन वहस हुनेछ । यस भन्दा पहिले २ ओटा वहसहरु आयोजना गरिसकेको र ती वहसहरु प्रभावकारी भएको सिडेनका महासचिव विनोद प्रकाश पण्डितले सेतोघर डट कमलाई बताउनुभयो ।
अनलाइन एप्लिकेसन जुम मार्फत आयोजना गरिने उक्त छलफलले पनि इन्जिनियरहरुको क्षमता विकास एवं आगामी दिनमा तय गर्नुपर्ने रणनीति बारे जानकारी लिन निकै नै प्रभावकारी हुने सिडेनको विश्वास छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij