२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कोरोनासँगै अर्को ठूलाे महामारी बन्न सक्ने ब्ल्याक फङ्गसकाे उत्पत्ति

कोरोनासँगै अर्को ठूलाे महामारी बन्न सक्ने ब्ल्याक फङ्गसकाे उत्पत्ति

कोरोना महामारीको बेला देखिएको ब्ल्याक फंगस अब भारतको केन्द्र सरकारका लागि ठूलो चिन्ता बनेको छ । केन्द्र सरकारले सबै राज्यलाई पत्र लेखेर ब्ल्याक फंगसका लागि अलर्ट गरेको छ । साथै, सबै राज्य सरकारलाई यसलाई महामारी एक्ट अनुरुप नोटेबल डिजीज घोषित गर्न भनेको छ । अर्थात्, राज्यलाई ब्ल्याक फंगसको केस, मृत्यु, उपचार र औषधीको हिसाब राख्नुपर्नेछ ।

राजस्थान, हरियाणा, तेलगाना र तमिलनाडुले यो ब्ल्याक फंगसलाई पहिले नै महामारी घोषित गरिसकेका छन् । दिल्लीमा पनि यसका बिरामीका लागि भिन्न सेन्टर्स बनाइँदै छ ।

स्वास्थ्य मन्त्रालयको जोइन्ट सेक्रेटरी लव अग्रवालले राज्यसँग भनेका छन्, ‘ब्ल्याक फंगस संक्रमणका केस अत्यधिक बढिरहेको छ र यसका कारण कोभिड बिरामीको मृत्युको संख्या पनि बढिरहेको छ । हाम्रो अगाडि यो नयाँ चुनौती हो ।’

थुप्रै राज्यका कोरोना बिरामीमा म्यूकर माइकोसिस नामको फंगल इन्फेक्सन देखिएको छ । यो विशेषगरी ती बिरामीमा देखिएको छ जसलाई स्टेरोइड थेरेपी दिइएको छ र जसको सुगर स्तर अनियन्त्रित छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij