२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

केपी ओली नेतृत्वको सरकार ढल्दैनः प्रचण्ड

केपी ओली नेतृत्वको सरकार ढल्दैनः प्रचण्ड

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान केपी ओली नेतृत्वको सरकार पाँच वर्षसम्म नढल्ने दावी गरेका छन् ।
अध्यक्ष दाहालले सरकार लोकतान्त्रिक मूल्य-मान्यता अनुसार अघि बढने पनि स्पष्ट पारे ।

बिहिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ औं स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कामको आधारमा मूल्यांकन गर्ने परिपाटीको स्थापनाका लागि पनि दीगो र बलियो सरकार स्थापना गरिएको पनि स्मरण गराए ।
अध्यक्ष दाहालले सरकार कसैले हिल्याएर नहिल्ने दावी पनि गरे । उनले  विगतमा सरकार अस्थिर भएको पीडाबोध भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनु परेको पनि उल्लेख गरे ।

अध्यक्ष दाहालले जनता र राष्ट्रको आर्थिक जीवनमा रुपान्तरण गर्न दुई पार्टीबीच एकीकरण गर्नु परेको पनि दोहोर्याए । उनले विकास, समुन्नति र सुशासनको माध्यमबाट जनताको आर्थिक जीवनमा परिवर्तन नल्याए वर्तमान सरकारका लागि ठूलो चुनौति हुने पनि उल्लेख गरे । उनले  मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन अनुकूल वातावरण बनेको भन्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।
अध्यक्ष दाहालले जनताले सरकारबाट ठूलो अपेक्षा गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij