२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कृषी पर्यटन प्रवर्धन गरेर आर्थिक समृद्धिको मार्ग पहिल्याउनु आवश्यक छ – संसद आचार्य

कृषी पर्यटन प्रवर्धन गरेर आर्थिक समृद्धिको मार्ग पहिल्याउनु आवश्यक छ – संसद आचार्य

दिपक घिमिरे । बिदुर  रसुवा जिल्लाबाट निर्बाचित प्रतिनिधीसभा सदस्य ई मोहन आचार्यले शुक्रवार  ‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ भन्ने नारासहित  आयोजित पाँचौँ नुवाकोट   महोत्सवमा संवोधन गर्दे संबिधानको पूर्ण कार्यान्वयनपछि अव मुलुक आर्थिक समृद्धिको मार्गमा प्रबेश गरेको वताउदै सबैले राजनीतिक आग्रह त्यागेर ऐक्यवद्ध प्रयत्न गर्ने हो भने समृद्धि टाढा नभएको धारणा व्यक्त गरेका छन् । हरेक परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिक बेमेलका कारण त्यसले अपेक्षित परिणाम दिन नसकेकोले विगतवाट पाठ सिक्दै समृद्ध नेपाल निर्माणका लागि सबै दल एक ठाउँमा उभिनुको विकल्प नरहेको समेत साँसद आचार्यले  बताउनु भएको छ ।


संसद आचार्यले रसुवा र नुवाकोटको समग्र विकासका लागि दुवै जिल्लाका जनप्रतिनिधी र व्यावसायीहरु विच सहकार्य जरुरी रहेको वताउँदै यस क्षेत्रमा भएको जलस्रोतको अधिकतम सदुपयोग र कृषी पर्यटन प्रवर्धन गरेर आर्थिक समृद्धिको मार्ग पहिल्याउनु आवश्यक रहको बताए ।


त्यसक्रममा साँसद आचार्यले गल्छी रसुवागढी केरुङ मार्ग र छहरे टोखा मार्ग यस क्षेत्रको समृद्धिको आधारस्तरम्भ रहेको वताउँदै यसको स्तरोन्नतीमा सबैको समान चासो रहेको वताउँदै जिल्ला फरक भएपनि रसुवा र नुवाकोट एक अर्काका परिपुरक झैं रहेकाले विकासका हरेक काममा सहकार्यको संस्कृति विकसित गरिने प्रतिवद्धता समेत जनाए ।

ऊक्त कार्यक्रममा  संसद आचार्यले व्यवस्थित शहरीकरणमा जोड दिँदै  बस्ती विकास गर्दा त्रिशुली नदीलाई प्रदूषित हुनबाट बचाउनु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij