२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कृषि विकास बैंक कर्मचारी संगठनको अध्यक्षमा इन्द्रमणी घिमिरे निर्वाचित

कृषि विकास बैंक कर्मचारी संगठनको अध्यक्षमा इन्द्रमणी घिमिरे निर्वाचित

कृषि विकास बैंक कर्मचारी संगठन नेपालको प्रथम महाधिवेशनबाट बैंकर इन्द्रमणी घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

संगठनको आज सम्पन्न महाधिवेशनबाट अध्यक्ष पदमा घिमिरे निर्वाचित भएका हुन् ।

संगठनको वरिष्ठ उपाध्यक्षमा किरण फुयाल, पाँच उपाध्यक्ष क्रमश: गिता नेपाल शर्मा, देवीकला शर्मा, जितेन्द्र बहादुर घर्ती, संजिव कुमार यादव र प्रेम प्रसाद भुषाल निर्वाचित भएका छन् ।

 

यस्तै महासचिवमा राजु भट्टराई, उप महासचिवमा दिपक कुमार शाही निर्वाचित भएका छन् भने सचिवमा सुरेश पोखेल, भुवन ज्ञवाली, होमनाथ वास्कोटा, सुरेन्द्र बहादुर सापकोटा र कोषाध्यक्षमा शान्ति प्रसाद रिजाल निर्वाचित भएका छन् ।

महाधिवेशनबाट सचिवायलय सदस्यहरुमा राजेन्द्र विष्ट, सरोज कुमार गन्धर्व,विष्णु प्रसाद अर्याल,राजेन्द्र कोइराला, यामराज जम्वर कट्टेल, शसिकला शाह र इन्दु दाहाल चयन भएका छन् ।

महाधिवेशनले १ जना पछि मनोनित गर्नेगरी ४३ जना केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । महाधिवेशनको उद्घाटन शुक्रबार माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले गरेकी थिईन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij