कुमारी बैंक लिमिटेड नारायणगढ शाखाको आयोजनामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “शिशु कल्याण आधारभूत विद्यालय” माडी, चितवनका सम्पूर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
उक्त विद्यालयका अध्यक्ष श्री चुडामणी अधिकारीको अध्यक्षतामा कुमारी बैंक लिमिटेड नारायणगढ शाखाका प्रमुख भुपेन्द्र खड्काज्यूले सो विद्यालयका सम्पूर्ण बालबालिकाहरुलाई स्कुल झोला लगायत अन्य शैक्षिक सामाग्री वितरण गरेका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij