काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीका सदस्यले कोरोना भाइरस पर भाग्ने भन्दै लगाएको कोरोना जन्तर अर्थात ‘कोरोना ब्लकर’ प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयको कोरोना भाइरस सम्बन्धी नियमित पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना ब्लकर कार्डप्रति गम्भीर आपत्ति जनाउँदै भने ‘देशका प्रतिष्ठित व्यक्तिका गलामै प्रमाणित हुँदै नभएको र अहिलेसम्म निर्माणको प्रयासमा पनि नरहेको कार्ड झुण्डिएको देखियो । यसबाट भ्रम फैलिएको प्रति हाम्रो ध्यानकर्षण भएको छ । त्यस्तो प्रकारको कुनै पनि कार्ड बनेको छैन । र त्यसले कोरोना रोकिँदैन पनि । बरु ती कार्डमा भएका केमिकलका कारण फोक्सो तथा मुटुमा समस्या हुन सक्छ ।’
डब्लुएचओले बारम्बार कोरोना भाइरससँग जोडिएर हुने अफवाह वा संक्रमणबाट जोगाउने भन्दै प्रयोग गर्न लगाइने अप्रमाणित कुनै पनि औषधि वा चिजको पछि नलाग्न आग्रह गर्दै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij