बंगलादेशमा चिकित्सा शिक्षा पढेका छात्राहरुको बारेमा अमर्यादित टिप्पणी गरेको भन्दै आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङले माफी मागेका छन् ।
आफ्नो भाषणले बंगलादेशमा पढेका नेपाली छात्राहरुलाई चोट पर्न गएको भन्दै उनले माफी मागेका हुन्।

आइतबार विज्ञप्ति निकालेर उनले भाषणमा आफूले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको समस्या उजागर गरेको दावी गरेका छन् ।
‘बंगलादेशमा हाल २००० भनदा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षा अध्ययनरत रहेको अवस्था छ । ती विद्यार्थीहरुले बंगलादेशमा भोग्नसपरेका केही समस्यालाई मैले उजागर गरेको हो’, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij