२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

काठमाडौंमा कोरोना नभित्रियोस् भन्दै नागढुंगामा बन्यो पहिलो पटक ‘डिस्इन्फेक्सन टनेल’

काठमाडौंमा कोरोना नभित्रियोस् भन्दै नागढुंगामा बन्यो पहिलो पटक ‘डिस्इन्फेक्सन टनेल’

काठमाडौँ । काठमाण्डौँको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ निर्माण गरिएको छ । काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले गाडीहरुलाई निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन टनेल’ बनाइएको चन्द्रागिरी नगरपालिकाले जनाएको हो ।

टनेलको सुरक्षा र सञ्चालन महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले गर्ने भएको छ । टनेल निर्माण पश्चात् राजधानी भित्रने सवै सवारी साधन निःसंक्रमण गर्न ‘डिस्इन्फेक्सन भए पछि मात्र राजधानी प्रवेश गर्न पाउने छन् । काठमाडौं भित्रिने गाडीहरु यही टनेलमार्फत गुड्नुपर्ने छ ।

भोलि शुक्रबारदेखि सञ्चालनमा आउने यस टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij