२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

काठमाडौँ उपत्यकामा ६ महिनामा सवारी दुर्घटनाबाट १०५ जनाको मृत्यु

काठमाडौँ उपत्यकामा ६ महिनामा सवारी दुर्घटनाबाट १०५ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७४/०७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् । महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन् । यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका हुन् । उपत्यकामा आव २०६९/७० मा १४८, आव २०७०/७१ मा १४३, आव २०७१/७२ मा १३३, आव २०७२/७३ मा १६६ र आव २०७३/७४ मा १८२ जनाले ज्यान गुमाएका थिए ।\

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल साँघुरो बाटो र सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा दुर्घटना वृद्धि भएको बताउँछन् । महाशाखाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश पुरुष रहेका छन् । यो आवको छ महिनामा ८१ पुरुष र २४ महिलाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश १७ देखि ३५ वर्षसम्मका छन् । जसमा १७ देखि ३५ वर्षसम्मका ५६, १७ वर्ष मुनिका सात र ३६ वर्षभन्दा माथिका ४२ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij