२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नगर्न उच्चस्तरीय समितिकाे सिफारिस

काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नगर्न उच्चस्तरीय समितिकाे सिफारिस

काठमाडौँ- कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको  सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ।

देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने निर्णय भएअनुसार काठमाडौँमा लकडाउन खुकुलो नपारिने निर्णय भएको हो।

भारतसँग सीमा जोडिएका र तराईका जिल्लाहरुमा पनि  लकडाउन पूर्वरवत् रुपमै कायम राख्न पनि समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

पहाडी तथा हिमाली जिल्लाहरुमा भने लकडाउन खुकुलो पारिने र आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले प्रस्ताव गरेको छ।

मंगलबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने समेेत बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij