
रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर काठमाडाैं ७ बाट विजयी भएका गणेश पराजुली एक सफल युवा उद्यमी हुन् ।
स्थायी घर खाेटाङ भएका गणेश पराजुली लामो समय देखि निर्यातजन्य वस्तुहरुको उत्पादनमा जोडिएर काम गर्दै आएका छन् ।
नेपाल निर्यात परिषदका सदस्य समेत रहेका पराजुलीले चमतीमा हिमालयन ह्याण्डिक्राफ्ट इण्डष्ट्रिज सञ्चालन गर्दै आएका छन् ।
उनले आफ्नो उद्योग मार्फत प्रत्यक्ष रुपमा करिब ४० जना व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् ।
नेपालमा गाँजा लगायतका प्राकृतिक रेसाजन्य वस्तुहरुलाइ प्रवद्धन गरेर राम्राे लाभ लिन सकिने मान्यता राख्ने पराजुली मुलुकलाइ समृद्ध बनाउने साेच सहित अघी बढेका व्यक्ति हुन् ।
नेपाली युवाहरुलाइ उद्यमशिल बनाउने र भ्रष्टाचारलाइ अन्त्य गर्न आफ्नाे विजय महत्वपूर्ण सावित हुने पराजुलीकाे दावी छ ।
आगामी दिनमा नवविकसित प्रविधि आत्मसात् गर्दै सकारात्मक याेजना र उद्देश्य सहित अघी बढे नेपालकाे विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुन सक्ने पराजुली बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij