२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, के होला निर्णय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, के होला निर्णय

काठमाडौं, चैत ९ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा चुनावमा हार बेहोरेको काँग्रेसले चुनावको समिक्षा गर्न आज केन्द्रीय समितिको बैठक बोलाएको हो ।

आज बस्ने बैठकमा निर्वाचनपछि पार्टीलाई प्राप्त परिणामका बिषयमा औपचारिक रुपमा समिक्षा हुने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठकमा संस्थापन पक्षले निर्वाचन समिक्षा, महासमिति बैठक, केन्द्रीय समितिमा बाँकी पदाधिकारी चयन र भावी योजना निर्माणको एजेण्डा राख्ने तयारी गरेको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने निर्वाचन समीक्षासँगै पार्टी विधान, महासमिति र महाधिबेशनको मुद्धा उठाउने तयारी गरेको छ । यस्तै १३ औ महाधिबेशन पछि बैचारिक समूहका रुपमा उदाएका नेता कृष्ण प्रसाद सिटौला पक्षधरले निर्वाचन समीक्षा बाहेक नयाँ संरचना सहितको विधान परिवर्तन, महासमितिको बैठक, अर्ली महाधिबेशन, रिक्त तल्लो संरचनाको भर्पाइको एजेण्डा राख्ने तयारी गरेको छ । बैठक पार्टी कार्यालय सानेपामा विहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij