२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

एनएच ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.द्वारा राहत सामाग्री वितरण

एनएच ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.द्वारा राहत सामाग्री वितरण

rahat

रोशन ज्ञवाली, काठमाडौं । एनएच ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.का सञ्चालकहरुले आज गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित जोरपाटीमा राहत वितरण गरेको छ । अति विपन्न गरीब, निमुखा तथा दैनिक ज्याला मजदुरी गर्ने मजदुर र अपाङहरुलाई वडा नं. ५ का वडाअध्यक्ष नारायण बहादुर सुवेदीको विशेष समन्वयमा राहत वितरण गरिएको हो ।

कम्पनीका सञ्चालकहरु राम बहादुर विष्ट, राजेन्द्र प्रसाद हाडा, गोपाल अधिकारी र प्रकाश शेर्पाइलीहरुले राहत वितरण गरेका हुन् ।
यसैवीचमा काठमाडौंको चाबहिलमा पनि केही संख्यामा राहत वितरण गरिएको छ । अपाङ्ग र निमुखाहरु त्यहाँसम्म पुग्न नसकेपछि घर–घरमा  राहत पु¥याइएको प्रकाश शेर्पाइलीले बताए ।

विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएको अवस्थामा त्यसलाई मध्यनजर गर्दै राहत वितरण गरिएको प्रकाश शेर्पाइलीले बताए । अहिले सर्वत्र विभिन्न संघसंस्थाहरुले राहत वितरण गरिरहेका छन् । त्यसैबीचमा केहीदिन अघिमात्र सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले राहत वितरण कार्यमा सरकारले रोक लगाइएको थियो । शाहीलाई राहत सहयोग वितरण गर्न रोक लगाइएपछि सरकारको तिब्र आलोचना भएको छ ।

हिजोमात्र ज्ञानेन्द्र शाही बस्दै आएका घरबेटीलाई सरकारले नियन्त्रणमा लिएको थियो । त्यस बाबजुद पनि सरकारको नियम उल्लंघन नगरी वडाअध्यक्षको रोहबरमा राहत सामाग्री वितरण गरिएको शेर्पाइलीले बताए । कुल ९५ जनाले राहत पाएको वडाअध्यक्ष सुवेदीले बताए ।

सामाजसेवी जनक धामीले राहत सामाग्रीमा विशेष छुट दिएर यो संस्थालाई अगाडि बढाएका छन् । उनले स्वस्फूर्त रुपमा आफ्नो गाडीमा निःशुल्क राहत लगिदिएका थिए । धामी विभिन्न सामाजिक कार्यमा सदैव अगाडि बढिरहने व्यक्ति हुन् ।

 


एनएच ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.द्वारा राहत सामाग्री वितरण

एनएच ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.द्वारा राहत सामाग्री वितरण

 

एनएच ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.द्वारा राहत सामाग्री वितरण

from kasthamandapdaily.com

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij