२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

एनआरएनए अमेरिकाको महासचिवमा नवराज सुवेदीको उम्मेदवारी

एनआरएनए अमेरिकाको महासचिवमा नवराज सुवेदीको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको महासचिवमा नवराज सुवेदीको उम्मेदवारी रहेको छ ।

दोलखामा जन्मिएका सुवेदी लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका छन् । विगत तीन वर्षदेखि अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका सुवेदीले अमेरिकामा जाने प्रायःनेपालीलाई आफ्नो क्षेत्रबाट आफूसक्दो सहयोग गर्ने गर्दछन् ।

तीन वर्षदेखि अमेरिकामा रहदै गर्दा उनले बाढी–पहिरो, भूकम्पलगायतका विभिन्न दैविक प्रकोप तथा अन्य समस्यामा परेका नेपालीको लागि आर्थिक सहयोगकसमेत गरेका छन् ।

सहयोगी भावना र कुशल नेतृत्व शैली भएका सुवेदीले आफ्नो नेतृत्वले अमेरिकामा रहेका हरेक नेपालीको समस्यामा साथ दिने दाबी गरेका छन् ।

एनआरएनएले बालुवाटारको सरकारी जग्गामा लगानी गरेर संस्थाको बदनाम गर्ने काम गरेको उनको तर्क छ । साथै नेपालका भूकम्प पीडितलाई घर बनाइदिएर मात्रै नपुग्ने उनको मत रहेको छ । यस्ता निर्णय गर्नमा आफू सजग रहदै एनआरएनएको हितमा काम गर्न आफूले उम्मेदवारी दिएको उनको भनाइ रहेको छ ।

नेपालीको समस्यासँग प्रत्यक्ष रुपमा सहभागी रहनुका साथै शैक्षिक क्षेत्रमा सहयोग तथा समन्वय गर्ने, हरेक नेपालीलाई सीपमूलक तालिमको व्यवस्था गर्ने, संघमा कम्तिमा ५० प्रतिशत नेपाली सहभागी बनाउने, सूचना प्रवाहको लागि एनआरएनए एप बनाउनेलगायतका आफ्ना योजना रहेको उनले बताएका छन् ।

संस्था सीमित व्यक्तिको हातमा नभएर विदेशमा रहेका हरेक नेपालीको साथमा रहनुपर्ने बताउँदै त्यहाँस्थित नेपालीहरुमा आपसी सद्भाव कायम गर्न नेपाली, भाषा, परम्परा संस्कृतिको संरक्षणमा लागिपर्नेसमेत बताएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिसद (एनआरएनए) अमेरिकाको कूल नौ पदाधिकारीको लागि हुने सो निर्वाचनमा करिब दुई दर्जनको उम्मेदवारी रहेको छ । यस्तै परिषदको अमेरिका स्थित २९ ओटा राज्य च्याप्टरको लागि करिब ४ सय जनाको उम्मेदवारी दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij