२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

एक्काइसौं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी

एक्काइसौं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी

डा. शुशीला बैद्य, First Laser Therapy Specialist तथा  Gynae–Oncologist

कुनै पनि उपचार समयमै गरे निको हुन्छ । लामो समयसम्म कडा
औषधिको प्रयोगले पेट र किड्नीमा खराब गर्न सक्छ र उपचार गर्दागर्दै रोग बिग्रिन सक्छ । त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराबीबाट बच्न सकिन्छ र रोग पूर्ण निको हुन्छ । लेजर विकिरणको माध्यमबाट हुने उपचारलाई लेजर थेरापी भनिन्छ । कुनै पनि नयाँ तथा पुराना दीर्घरोगको उपचारमा लेजर थेरापी उपचार पद्धति नयाँ र प्रभावकारी छ । ईस्वी संवत २००१ मा यो उपचार पद्धती नेपालमा ल्याएको र बिरामीहरूको लागि उपचार सेवा दिन थालेको १९ वर्ष पुरा भयो । नेपालमा लेजर थेरापी मा बिशेष अध्ययन हाशिल गरि आएकोमा अहिलेसम्म म एक्लै छु । यो जावलाखेल स्थित लेजर थेरापी क्लिनिक एकमात्र सरकारी मान्यता प्राप्त क्लिनिक हो, जहाँ मैले लेजर पद्दतिबाट उपचार सेवा दिंदै आइरहेकि छु । यस क्लिनिकमा अति नै पीडा बोकेका लामो समयदेखि आफ्नो रोगको थुप्रै ठाउँमा उपचार गरी, शल्यक्रिया गरी, कडा कडा औषधिहरू खाएर पनि निको नभएको, जस्ताको त्यस्तै रहेको अत्यन्तै दुखी र निराश बिरामीहरुलाई छोटो अवधिमै प्रभावकारी उपचार गर्दा यस्ता बिरामीहरुको रोग केहि दिनमै कम हुन्छ र केहि महिना मै पूर्ण निको हुन्छ, जसबाट दिक्क भैसकेका बिरामीहरूका लागि यो लेजर थेरापी उपचार पद्धति एक वरदान प्रमाणित भएको छ ।

क्लिनिकमा आउने प्रत्येक बिरामी हार खाएर निराश भएर बसेको अवस्थामा एउटा मात्र विकल्प बाँकी छ, त्यो हो लेजर थेरापी भन्दै आशा लिएर तपाईं अन्तिम डाक्टर भनी आउने बिरामीहरूको अहिलेसम्म ९८ प्रतिशत सफल उपचार गर्न सम्भव भएको छ । यहाँ बिरामी आउने बिरामीलाई कुर्नु नपर्ने गरी म स्वयं डाक्टर दिनभरि बसेर बिरामीको उपयुक्त समयमा भेट्न मिल्नेगरी उपस्थित हुन्छु । पहिलो भेटमै बिरामीको सम्पूर्ण पुरानो फाइलहरु, रिपोर्टहरु जस्तै, रगत, एक्सरे, एमआरआई, सिटिस्क्यान हेरी थप नयाँ महंगो जाँच नगराइकन पहिलो दिनबाटै उपचार सुरु गर्छु यस क्लिनिकको उद्देश्य नै अन्त धेरै लामो समयसम्म उपचार गराई निको नभएका दीर्घरोगीहरुलाई सक्दो कम समयमा कम खर्च मा रोगबाट मुक्ति दिने रहेको छ । विरामीको जाँच र रिपोर्ट हरु को आधारमा रोगको अवस्था हेरी मुख्य उपचार भनेको लेजर थेरापी नै हो, उपचार अझै प्रभावकारी बनाउन लेजर विकिरण सँगसँगै आवश्यकताअनुसार फिजियोथेरापी, म्यानुअल थेरापी, मसाज थेरापी गरिन्छ, जसले गर्दा बिरामीले हालसम्म अन्य ठाउँमा गरेको उपचार भन्दा फरक र राम्रो रिजल्ट आउँछ ।

अति नै पीडा बोकेका लामो समयदेखि आफ्नो रोगको थुप्रै ठाउँमा उपचार गरी, शल्यक्रिया गरी, कडा कडा औषधिहरू खाएर पनि निको नभएको, जस्ताको त्यस्तै रहेको अत्यन्तै दुखी र निराश बिरामीहरुलाई छोटो अवधिमै प्रभावकारी उपचार गर्दा यस्ता बिरामीहरुको रोग केहि दिनमै कम हुन्छ र केहि महिना मै पूर्ण निको हुन्छ, जसबाट दिक्क भैसकेका बिरामीहरूका लागि यो लेजर थेरापी उपचार पद्धति एक वरदान प्रमाणित भएको छ ।

‘स्वास्थ्य सबैभन्दा ठूलो धन हो’ भन्ने भनाइलाई यस क्लिनिकले समाजमा ठूलो उदाहरणीय काम गर्दै आइरहेको छ । शरीर स्वास्थ्य रहे काम गर्न सकिन्छ र धन कमाउन सकिन्छ, शरीर स्वास्थ्य नभई कुनै पनि काम गर्न सकिदैन, पैसा कमाउन सकिदैन र भएको पनि उपचार मा खर्च हुन्छ । यहाँ आउने रोगीको पुरानो रोगको लागि लामो समयसम्म विभिन्न ठाउँमा थुप्रै किसिमका उपचार गराउँदा नि निको नभएको र धेरै वर्षसम्म औषधि उपचार, थरि थरिका पटकपटक रगत जाँच, सिटिस्क्यान, एमआरआई जस्ता महंगा जाँच गर्दा पनि निको नहुने बिरामीको लागि लेजर थेरापी एक वरदान सावित भएको छ । यहाँ थप खर्च बेहोर्न नपर्ने गरी पुरानै रिपोर्टको आधारमा छिटोभन्दा छिटो उपचार गरी निको बनाउँदा बिरामीले भोगेका शारीरिक कष्ट दुखाई मानशिक कष्ट आर्थिक भारबाट मुक्ति मिल्दछ छ । हालसम्म आउने सम्पूर्ण बिरामीहरु निकै खुशि र सन्तुष्ट छन्, भन्छन । पहिलो पटक गएको ठाउँमा डाक्टरले नेपालमा लेजर थेरापी पनि छ भनेर नभनेको हुनाले मेरो धेरै खर्च भयो र पहिलेनै भएको भए म निको भइसक्थे भनि दुक्खी हुन्छन । यसरी कुनै पनि बिरामी छिटोभन्दा छिटो निको हुन पाउँदा र पुनः आफ्नो कामहरु पनि सुचारू रूपले गर्न पाइने भयो र उपचारमा पनि धेरै खर्च बाट बच्ने भयो । शरीर स्वास्थ्य हुनु भन्दा ठूलो धन केही छैन भने भनाईलाई थोरै भएपनि प्रमाणित गर्न मद्दत पुर्याएको छ ।

थेरापी क्लिनिकबाट राम्रो स्वास्थ्य सेवा
यस लेजर थेरापी क्लिनिकबाट स्थापनाकालदेखि हालसम्म झण्डै ३० हजार को हाराहारीमा बिरामीहरुको सफल उपचार भइसकेको छ । यसबाट सबभन्दा बढी निको भै नयाँ जीवन पाएकाहरुमा गर्दन र ढाडमा नसा च्यापेका विरामीहरु रहेका छ । यस्ता बिरामीहरु कतिपय को जति उपचार गर्दा पनि निको नभएको, बल्झँदै गएको, हात खुट्टा दुख्ने पोल्ने झमझम गर्ने सुक्ने हिड्न नसक्ने, ओछ्यान पर्ने, हिँड्नलाई नि साथी चाहिने, खाटबाट उठ्नलाई नि सहयोग चाहिने गरिन्थ्यो, तर प्रत्येक बिरामीलाई यसले पहिलो २० दिनको उपचारबाट नै दुखाईबाट मुक्त हुन हालसम्म यो क्लिनिकबाट झण्डै ३०,००० जनाको हाराहारीमा नेपालको कुना काप्चाबाट आउने बिरामीहरु निको भइसकेका प्रमाणहरु हामीकँहा रहेको छ । दोस्रो प्रभावकारी उपचार हुने रोगमा हाड जोर्नीको दुखाइ, युरिक एसिड, जोर्नी सुन्निने, हात माथि नजानेले नयाँ जीवन पाएका छन् । दुखाई, निको नहुने घाउ, दाद, दुबी, केलोइद, आगोले पोलेको दाग र घाउ, सोरियासिस, छाला फुट्ने, पाक्ने र मुसा कोठी हटाउने, कपाल झर्ने, टन्सिल, नाकमा मासु बढेको, नाक बन्द भै सास लिन गार्हो हुने, पिनास, दम, पेट र आन्द्रा को अल्सर, पाइल्स, कलेजो, किड्नी, पाठेघर, प्रोस्टेट को रोग र डाइबेटिक अल्सर, बेद सोर, इत्यादिमा पनि लेजर थेरापी एकदम प्रभावकारी रहेको छ । यसबाट ४०० प्रकारका रोगहरुको उपचार राम्रो किसिमबाट भइरहेको छ ।

सहुलियत दरमा थेरापीबाट सेवा
नेपालमा अहिले स्वास्थ्य उपचार निकै महंगो हुँदै आएको छ । जति राम्रो ठुलो ठूलो अस्पताल गयो त्यति नै महँगो उपचार भएतापनि र जताततै थेरापी सेन्टर भनि खोलिएका ठाउँमा उपचार गरेकाले पनि निको भएन भन्नेहरुलाई यस लेजर थेरापी क्लिनिकले सक्दो कम लागतमा, कम समयमा प्रभावकारी उपचार दिने गरेको छ । यहाँ आउने प्रत्येक बिरामीले यस क्लिनिकमा आउनु भन्दा अगाडी सम्म उपचारमा गरेको खर्च भन्दा कम खर्च भएको र प्रभावकारी भएको बताउँछन् । सम्पूर्ण नेपालीहरुलाई आफूलाई कुनै रोग लागेको अवस्थामा आफ्नो डाक्टरसँग परामर्श गरी उपचार गरेकाले पनि निको भएन, धेरै पटकमा पनि निको नभएको अवस्थामा एकपटक सम्पूर्ण पुरानो रिपोर्ट लिएर यस क्लिनिकमा सम्पर्क राखे भने सबैलाई फाइदा हुनसक्छ ।

कुनै पनि व्यक्तिले आफ्नो कुनै पनि रोगको लागि धेरै पैसा खर्च गरेर ठूलो ठाउँमा जाँदैमा रोग छोटो समयमा पूरै निको हुन्छ भनि सोच्न्नु सहि हुन्दैन । यस्तै महंगो उपचार रोज्न भन्दा आफ्नो रोग अनुसार कुन ठाउँमा जाँदा फाइदाजनक हुन्छ खोजि, बुझि गरि जाँदा फाइदा पनि हुन्छ र उपचारको नाममा ठगी पनि हुन पाउँदैन ।

अहिले धेरैजसो क्लिनिकमा आउने बिरामीहरु लेजर थेरापी उपचारबाट निको भइसकेका व्यक्तिहरुले आफूजस्तै रोगीहरूलाई ‘एकचोटी डाक्टर सुशीला बैद्यको क्लिनिक जानुस तपाईंलाई पनि निको हुन्छ’ भनी पठाउने गरेको छ, तसर्थ कहीँबाट पनि निको नभएका बिरामीहरूको लागि सफल सरल र प्रभावकारी उपचार गरी रोगबाट मुक्त बनाउन, नयाँ जीवनको आशा दिन निकै ठूलो जिम्मेवारी बहन गरेको छु । यो जिम्मेवारीलाई बहन गर्दै प्रत्येक बिरामीलाई सक्दो कम समयमा कम खर्च मा निको होस् भन्ने उद्देश्यका साथ उपचार सेवा प्रदान गर्दै आइरहेका छौं । लेजर थेरापी उपचारमा विकिरण शरीरको बाह्य भागबाट ४ देखि ६ सेन्टिमिटर गहिराइसम्म गएर रोग लागेका बिग्रेका कोशिका, तन्तुहरुमा गएर सुन्निएको हटाएर रक्त संचालन बढाई कोशिका आफै निको हुन र सक्रिय हुन मद्दत पुग्दछ । जसकारण कोशिका निको र सक्रिय भै पुनः राम्ररी काम गर्न थाल्दछ र रोग पूर्ण रुपमा निको हुँदै आएको छ । यो खालका सेवाहरुका सम्बन्धमा यहाँहरुले बिमारी कँहा गएर समेत बुझ्न सक्नुहुनेछ ।

अहिले नेपालमा गल्लि गल्लिमा विभिन्न क्लिनिकहरू खुलेका छन् । नेपालीहरु आफ्नो रोग बारे अध्ययन गर्दैनन, बुझ्ने कोसिस गर्दैनन, जहाँ सजिलो र नजिक त्यहाँ जान खोज्छन् जब निको हुँदैन तब मात्रै विकल्प खोज्छन र जसबाट समय र पैसाको बर्बादी सँगै रोग बल्झिने हुनसक्छ । यस लेजर थेरापी क्लिनिकमा अत्याधुनिक नयाँ लेजर मेसिनहरु र फिजियोथेरापी का उपकरणहरू राखेका छौं । साथै दक्ष फिजियो थेरापिस्ट, लेजर थेरापिस्टहरु बिरामीको उपचारमा सेवारत छन् । हाम्रो देशमा निम्न बर्गीय जनता धेरै भएकाले आफ्नो रोगको उपचार मा अन्यत्र धेरै खर्च गरिसकेको हुनाले पैसा सबै सकाएर अन्तमा यस लेजर थेरापी क्लिनिकमा आउने हुँदा एकदमै कम पैसामा बिरामीलाई आर्थिक भार नपर्ने गरी निको हुनेगरी सेवा दिर्दै आइरहेका छौं । बिकसित देशको तुलनामा हामीले यसको चार्ज एकदमै कम राखेका छौं, ताकि सबै बर्गले यसबाट उपचार पाउन सकुन । यो नेपालमा नभएको र अतिनै आवश्यक भएको प्रविधि हो भन्ने महशुश गरि मैले यस लेजर थेरापीमा बिशेष अध्ययन हाशिल गरि यस क्षेत्रमा लाग्नुको मुख्य उद्देश्य यस्तै बिरामीहरूको सेवा गर्नु र रोगबाट मुक्ति दिनु हो किनभने यस्ता रोगीले सहि र समयमै निको हुने गरि उपचार नपाउँदा धेरै नै दुख भोग्नुपर्ने र सास्ती आफ्नै परिवारमा मेरो बुबा र भाइको दुख देखेकी छु । बाथ रोगको कारणले निकै पीडा हुँदा नेपालमा कति उपचार गराउँदा पनि निको नभएको सम्झी मेरा श्रीमान को पनि सल्लाह अनुसार यो प्रविधि नेपाल भित्र्याएको हुँ ।

स्थापनाकालदेखि हालसम्म उपचार पाएका सम्पूर्ण बिरामीहरु निको भएका छन् जसमा पहिलो बिरामीको रुपमा आफ्नै बुबा र भाइ १८ वर्ष देखि हालसम्म रोगमुक्त भएका छन् आफ्नो परिवारलाई मात्र नभई सम्पूर्ण विभिन्न रोगले पिडित नेपाली जनतालाई उपचार गर्न पाउँदा खुसी लागेको छ मैले यो प्रविधि नेपाल भित्र्याएको मा आत्मसन्तुष्टि पाएका छु, मलाई लाग्छ, मेरो यो जीवन सफल भएको छ । अन्य व्यवसाय जस्तै स्वास्थ्य क्षेत्रमा पनि व्यापक रुपमा लगानी बढ्दै आएको पाइन्छ । यस क्षेत्रमा लगानीकर्ताको खर्च उठाउनुपर्दा उपचार महँगो हुन जान्छ । सुरुमा व्यवस्थित रुपले अत्याधुनिक अस्पताल र क्लिनिक खोल्न उपकरणहरू र फर्निचरहरु आवश्यक पर्दछ र कहिलेकाहीँ यस्ता उपकरणहरू पटक–पटक बिग्रिँदा मर्मतका लागि आर्थिक भार पर्दछ । त्यसैले कुनै पनि स्वास्थ्य क्षेत्र मा कम्तीमा पाँच वर्षसम्म लगानीकर्ताले नाफा गर्न सक्दैन । बिरामीले उपचार महँगो भन्नु पनि सान्दर्भिक होइन, तर नेपालका अधिकांश जनता निम्न वर्गीय भएकाले महँगो उपचार वहन गर्न निकै गाह्रो हुन जान्छ ।

विश्वभर फैलिएको कोभिडका कारण स्वास्थ्य क्षेत्रमा असर
विश्वव्यापी महामारीको रुपमा कोरोना संक्रमणले गर्दा हाम्रो जस्तो विकासोन्मुख देश नेपाल पनि हरेक क्षेत्रमा अस्तव्यस्त बन्दै आएको छ जसमा स्वास्थ्य क्षेत्रमा सबभन्दा ठूलो मार परेको छ । संस्था चलाउने खर्च, घर भाडा, राजस्व, कर्मचारी तलब, बिजुली पानी इत्यादि खर्च उठाउन नै गार्हो भएको छ । विरामीहरु एक डर र त्रास भएर बिरामीहरु फलो अप मा समय भएर पनि आइरहेका छैनन् । नयाँ बिरामि पनी आउन डराइरहेको समय छ । झन् त्यसमाथि कोरोनाबाट बच्न सम्पूर्ण सुरक्षाको मापदण्ड अपनाई क्लिनिकमा काम गर्ने जनशक्तिलाई पनि बचाई उपचारका लागि आउने बिरामीको लागि सुरक्षित वातावरण पनि बनाई उपचार सेवामा निरन्तरता दिन नै संघर्षको अवस्था छ । तर पनि हामी सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई निरन्तर उपचार सेवा प्रदान गर्दै आइरहेका छौं । यस समयमा आम्दानीभन्दा खर्च बढी भएको छ । बिरामी र नर्सको बिचमा सिधा सम्पर्क हुन नदिन पर्दाहरु लगाई ठाउँठाउँमा हातधुने, सानिताइजरको व्यवस्था, प्रत्येक बिरामी पछि हरेक पटक थेरापी कोठा मा सेनिटाइजर छर्कने, उपकरण र मेसिन हरु समेत पुछ्ने लगायतका इत्यादि काम गर्नुपर्दा आर्थिक भार निकै परेको छ । आफ्नो तरफबता आफु बच्ने र आउने बिरामीलाई पनि सुरक्षित साथ उपचार सेवा दिन अहिले सम्म सफल भएका छौ ।

अन्तमा, यस क्लिनिकको विविध खालको सेवाबाट अहिलेको बाताबरण र सेवाबाट बिरामीहरु निक्कै खुशी र सन्तुस्ट छन् । यहाँका सम्पूर्ण कर्मचारीहरुको मेहेनत र मिलनसार ब्यवहारले हरेक विरामीहरु खुशी छन् । कोहि सुरुमा विकिरण भन्ने बित्तिकै नराम्रो असर हुन्छ कि भनेर डराउँछन्, तर यो उपचारमा दिने विकिरण एकदमै कम पावरको हुन्छ जसले बिग्रेका कोशिका र तन्तुहरु सक्रिय बनाई निको पार्दछ । यसले बिगार्ने होइन, सपार्ने र सक्रिय बनाउने काम गर्दछ । यसबाट तातो चिसो दुख्ने केही पनि आउँदैन यो आँखाले देख्ने र नदेख्ने किरणको रुपमा शरिरमा पर्दछ र गहिरा सम्म गएर रोगी अङ्ग सध्य बनाउँछ र पहिलो दस दिनमै पिडा धेरै नै कम हुन्छ । प्रत्येक बिहिवार निःशुल्क जाँच हुन्छ, आफ्नो रोगको लागि सम्पूर्ण रिपोर्ट लिएर बिहिवार मलाई भेट्न सकिन्छ । यस लेजर बिकिरणले मानिसमा हुने विभिन्न ४०० प्रकारका रोगहरूको राम्रोसँग प्रविधिबाट उपचार हुन्छ ।

(प्रस्तुती ः एशोदा बस्नेत )

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij