काठमाडौं, १७ चैतः पछिल्लो समय सामाजिक सञ्जालमा एआई-निर्मित डिजिटल आर्टहरू निकै लोकप्रिय भइरहेका छन्। विशेषगरी, स्टुडियो घिब्ली शैली (Ghibli Style) को प्रभाव देखिने चित्रहरू ट्रेन्डमा छन्।
अब, च्याटजीपीटीको पछिल्लो संस्करणले प्रयोगकर्तालाई सरल निर्देशनकाे आधारमा स्तरीय सिनेम्याटिक आर्ट बनाउन मद्दत पुर्याइरहेको छ। यसलाई रचनात्मक रूपमा प्रयोग गरेर तपाईं आफ्ना परियोजनाहरूलाई अझ प्रभावशाली बनाउन सक्नुहुन्छ।
च्याटजीपीटी प्रयोग गरेर एआई इमेज कसरी बनाउने?
ओपनएआईले च्याटजीपीटीमा बिल्ट-इन इमेज जेनेरेटर उपलब्ध गराएको छ, जसले उच्च गुणस्तरको एआई-निर्मित चित्रहरू बनाउन सहयोग गर्छ। यदि तपाईं घिब्ली शैलीको डिजिटल आर्ट बनाउन चाहनुहुन्छ भने यी चरणहरू पालना गर्नुहोस्:
च्याटजीपीटी खोल्नुहोस् – आफ्नो अकाउन्ट प्रयोग गरी लगइन गर्नुहोस्।
नयाँ संवाद सुरू गर्नुहोस् – ‘New Chat’ बटन थिचेर नयाँ कन्भर्सेसन सुरु गर्नुहोस्।
प्रष्ट लेख्नुहोस् – “Create a dreamy Studio Ghibli-style landscape with lush green hills and a sunset sky.” जस्तै विवरण लेखेर इन्टर थिच्नुहोस्। इमेज जेनेरेट हुनेछ – केही सेकेन्डमा तपाईंको प्रम्प्ट अनुरूप चित्र तयार हुनेछ।
आफ्नै फोटोलाई घिब्ली शैलीमा कसरी बदल्ने?
यदि तपाईं च्याटजीपीटी प्लस, प्रो, वा टिम सदस्य हुनुहुन्छ भने, आफ्नो फोटो अपलोड गरेर “Turn this image into Ghibli-Style” जस्तो प्रष्ट निर्देशन दिन सक्नुहुन्छ। त्यसपछि, एआईले तपाईंको फोटो डिजिटल आर्टमा परिवर्तन गरिदिन्छ। ओपनएआईका सीईओ साम अल्टम्यानका अनुसार यो फिचर निःशुल्क प्रयोगकर्ताहरूका लागि केही समयपछि मात्र उपलब्ध हुनेछ।
निःशुल्क एआई डिजिटल आर्ट बनाउनका लागि विकल्पहरू
यदि तपाईं निशुल्क रूपमा आफ्नै फोटोलाई डिजिटल आर्टमा बदल्न चाहनुहुन्छ भने, Grok AI राम्रो विकल्प हुन सक्छ।
Grok AI पहुँच गर्नुहोस् – X (पहिलेको ट्विटर) वा Grok AI को आधिकारिक वेबसाइटमा जानुहोस्।
फोटो अपलोड गर्नुहोस् – आफ्नो तस्वीर अपलोड गर्नुहोस्।
प्रष्ट लेख्नुहोस् – “Convert this photo into a Ghibli-style digital art.” जस्तो लेखेर इन्टर थिच्नुहोस्।
तयार डिजिटल आर्ट प्राप्त गर्नुहोस् – केही बेरमै तपाईंको फोटो एआईद्वारा डिजिटल आर्टमा परिणत हुनेछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij