२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उद्याेग वाणिज्य महासंघका यस्ता माग, पूरा नभए आन्दाेलनकाे चेतावनी

उद्याेग वाणिज्य महासंघका यस्ता माग, पूरा नभए आन्दाेलनकाे चेतावनी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले आफ्ना माग संबोधन नगरे सबै उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

महासंघकी अध्यक्ष भवानी राणाले आज एक पत्रकार सम्मेलन मार्फत सरकारले नीति तथा कार्यक्रममार्फत आफ्नो माग र योगदानलाई सम्बोधन नगरेको जानकारी दिँदै आगामी आर्थिक बर्षको बजेटमा पनि नसमेटिए सबै व्यवसायी एकजुट भएर आन्दोलनमा उत्रने घोषना गरेकी हुन् ।

‘हाल सरकारले उद्योग व्यवसायीको माग संबोधन नगरेको भन्दै जिल्ला तथा नगरका उद्योगी व्यवसायीबाट व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रने भन्दै एक्यवद्धता आएको छ,’ राणाले भनिन्, ‘अहिले बैंकको ब्याजदर तिर्न नसकेर आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भैसकेको छ तसर्थ हामी अहिले गर या मरको अवस्थामा छौं ।’

अन्य देशमा उद्योग व्यवसाय तथा अर्थतन्त्र उद्धारका लागि राहतका ठूला आर्थिक प्याकजे आईसक्दा पनि नेपाल सरकारले यसलाई गम्भिरतापूर्वक नलिएको भन्दै जिल्ला तथा नगरबाट नेतृत्वलाई दबाब आएको समेत उनले बताएकी छिन् ।

उनले सरकारलाइ संकेत गर्दै विशेष प्याकेज नआए आफ्ना उद्योग बन्द गर्ने, सरकारलाई उद्योग व्यवसायको चावी बुझाउने जस्ता कार्य गर्न आफूहरु बाध्य हुनुपर्ने अवस्था आउन सक्ने समेत बताइन् ।

महासंघले विशेषगरी बैंक ब्याजदरमा न्युनतम ५ प्रतिशत घटाउनुपर्ने बताएको छ भने समस्यामा परेका उद्योग व्यवसाय उकास्नका लागि ३ बर्षका लागि १ खर्ब रुपैयाँको पुनर्कर्जा कोष संचालनमा ल्याउनुपर्ने बताएको छ ।

यसैगरी उक्त पुनर्कर्जाको ब्याज अघिकतम ३ प्रतिशतभन्दा बढी हुन नहुने माग अघि सारेको छ । साथै घाटामा गएका उद्योगहरुको कर्जालाई ५ बर्षसम्म वाच लिष्टमा राख्न नहुने बताएको छ ।

यसैगरी हाल बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको नविकरण गर्दा नयाँ ऋण लिँदा विभिन्न खालका सेवा शुल्क लिने गरेकोमा  त्यस्ता शुल्क खारेज गर्नुपर्ने समेत बताएकाे छ ।

महासंघले व्यक्तिगत तथा संस्थागत आयकरमा २० प्रतिशत छुट दिनुपर्ने माग अघि सारेको छ भने हालको १३ प्रतिशतको मूल्य अभिवृद्धि कर (भ्याट)लाई १० प्रतिशतमा झार्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij