२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

आर्थिक वर्षको पहिलो दिन : आठ अंकले ओरालो लाग्यो शेयर बजार

आर्थिक वर्षको पहिलो दिन : आठ अंकले ओरालो लाग्यो शेयर बजार

आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.५८ विन्दुले घटेर २५३.६२ विन्दुमा आइपुगेको छ ।

कूल १५२ कम्पनीको पाँच लाख १४ हजार १६१ कित्ता शेयर रु २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टककाअनुसार आज तीन उपसमूहको शेयर बढेको छ,भने आठ उपसमूहको शेयर घटेको छ । व्यापार २.७९, वित्त ३.७३ र अन्य समूह ४.९५ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ४.७७, होटल ५३.११, विकास बैंक ८.१, जलविद्युत् ३९.२५, निर्जीवन बीमा ८७ .६७, उत्पादन ३५.६६, माइक्रोफाइनान्स १३.३२ र बीमा समूह ७४.११ बिन्दुले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij