उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात अनुमति माग्दै पटक–पटक पत्र पठाइसकेको छ । तर, अर्थ मन्त्रालयका जिम्मेवारी अधिकारीहरू सो पत्र रोक्दै चिनीको अभाव गराउने खेलमा लागेका हुन् । चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात अनुमति माग्दै पटक–पटक पत्र पठाइसकेको छ । तर, अर्थ मन्त्रालयक जिम्मेवारी अधिकारीहरू सो पत्र रोक्दै चिनीको अभाव गराउने खेलमा लागेका हुन् ।
अहिले कति छ चिनी मौज्दात ?
चिनी उत्पादन गर्ने र चिनीको व्यापार गर्ने सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनी मौज्दात निकै कम छ । नेपाल चिनी उत्पादक संघसँग आबद्ध विभिन्न चिनी उद्योगीहरूले आफूहरूसँग जम्मा ६ हजार मेट्रिक टन चिनी मौज्दात रहेको जानकारी गराएका छन् । मति दिएपनि आयातको ग्लोबल टेण्डरको प्रक्रिया पु-याउँदा १ महिनासम्म समय लाग्छ । टेण्डर गरेर आयात प्रक्रिया थाल्दासम्म चाडबाड नै सकिने निश्चित छ । यस बाहेक कर्पोरेशनसँग ३०० मेट्रिक टन चिनीको मौज्दात छ । यो बाहेक व्यापारीसँग कति चिनीको मौज्दात छ भन्ने आधिकारिक तथ्याङ्क सरकारका कुनै निकायसँग छैन ।चाडपर्वको समयमा मासिक करिब ३० हजार मेट्रिक टन चिनी आवश्यक पर्ने चिनी उत्पादक संघले जानकारी दिएको छ । यसले नेपालमा रहेको मौज्दात र खपतको स्थिति आकाशपाताल फरक रहेको पुष्टि हुन्छ । जम्मा ६ हजार हाराहारी मेट्रिक टन चिनी मौज्दात भए पनि दसैँ/तिहारको २ महिने अवधिमा ६० हजार मेट्रिक टनभन्दा बढी हुन्छ । यस पटकको दसैँ/तिहार तथा छठमा चिनीको बजार माग र आपूर्तिको स्थिति नमिल्ने देखिइसकेको छ । 
मूल्य बढ्ने पक्का
अर्थ मन्त्रालयले आयात अनुमति रोकेपछि दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने पक्कापक्की भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले नै बताएका छन् ।
मन्त्रालयकी उपसचिव उर्मिला केसीले दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने सम्भावना देखिएको बताइन् । उनले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीले चिनी बेचेर मूल्य हस्तक्षेप गर्नुपर्नेमा अर्थ मन्त्रालयले चिनी आयात अनुमति नदिँदा मूल्य बढ्ने निश्चितजस्तै देखिएको बताएकी हुन् । जुन, खुद्रा पसल हुँदै उपभोक्तासम्म पुग्दा प्रतिकिलो ९५ रुपैयाँभन्दा पनि माथि जाने देखिन्छ । यद्यपि; वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चिनीको बजार मूल्य ९० रुपैयाँभन्दा तल नै रहेको दाबी गर्छ । तर, बजारमा व्यापारीले चिनी प्रतिकिलो ९५ रुपैयाँ बिक्री भइरहेको खुद्रा व्यापार संघले जानकारी दिएको छ । हाल कर्पोरेशनले प्रतिकिलो ७८ रुपैयाँमा चिनी बेचिरहेको छ । सोही चिनी व्यापारीहरूले प्रतिकिलो ९५ रुपैयाँसम्म बिक्री गरिरहेका छन् । व्यापारीले अहिले नै सरकारी संस्थानको भन्दा महँगोमा चिनी बिक्री गरिरहेका हुन् । जुन, चाडपर्व नजिकिँदै गर्दा थप बढ्ने सम्भावना देखिएको हो । नेपाल खुद्रा व्यापार संघले अहिले थोक (होलसेल) मै चिनीको मूल्य ८५ रुपैयाँसम्म पर्ने बताएको छ । जुन, खुद्रा पसल हुँदै उपभोक्तासम्म पुग्दा प्रतिकिलो ९५ रुपैयाँभन्दा पनि माथि जाने देखिन्छ । यद्यपि; वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभगले हाल चिनीको बजार मूल्य ९० रुपैयाँभन्दा तल नै रहेको दाबी गर्छ । तर, बजारमा व्यापारीले चिनी प्रतिकिलो ९५ रुपैयाँ बिक्री भइरहेको खुद्रा व्यापार संघले जानकारी दिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij