काठमाडौं । आज जुन ५ तारिख, अर्थात् विश्व वातावरण दिवस । वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।
वातावरण दिव मनाउनुभन्दा १ वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।
वातावरण संरक्षणका लागि विश्वभरमा राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले विश्व वातावरण सम्मेलन आयोजना गरिएको थियो । वातावरणीय संरक्षणको आवश्यकता महसूस गरी सम्मेलनको १ वर्ष पछि सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।
विश्व वातावरण दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको समुचित व्यवस्थापनका लागि ध्यान पुर्याउन सबै निकायसँग आग्रह गर्नुभएको छ ।
उहाँले यस दिनले जैविक विविधताको संरक्षणका साथै यससम्बन्धी अध्ययन, अनुसन्धान र व्यवस्थापनमा योगदान पुर्याउने सबै व्यक्तिलाई आआफ्नो जिम्मेवारी अझ सशक्त ढङ्गले अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij