आज मिति २०७७ साल ज्येष्ठ ३ गते शनिवार तदअनुसार मे -१६ २०२० ।
शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर ।
उतरायणं । ग्रीष्म ऋतु । नेपाल संवत् ११४० वछला थ्व । ज्येष्ठ कृष्णपक्ष। तिथि -नवमी (१७घ४१प) १२:२१बजे सम्म रहेकाे छ ।
तिथि देवता दुर्गा : त्यसपछि ज्येष्ठकृष्ण दशमी देवता यमराज : । नक्षत्र – शतभिषा (१९घ४९प) १३:१२ बजे सम्म त्यसपछि पूर्वभाद्रपदा: रहने छ।
याेग- वैधृति : (५८घ०८प) ४:३१बजे सम्म त्यसपछि विष्कुम्भ: रहेको छ।
करण – गर (१७घ ४१प) १२:२१ बजे सम्म त्यसपछि वणिग (४९घ४२ प)२२:३८ बजे सम्म त्यसपछि विष्टि रहेको छ।
आनन्दादिमा आनन्द याेग ।श्री सूर्य बृषराशिमा र चन्द्रमा- कुम्भ राशिमा रहेकाे छ ।
चन्द्रमाकाे वर्ण: दिशा वर्ण कालो र दिशा पश्चिम रहेकाे छ ।
काठमाडौंमा सुर्याेदय -५:१६ बजे सुर्यास्त १८:४५ बजे र दिनमान ३३ घडी ४३ पला रहेकाे छ ।
आज बिहान ९:०० देखि १०:३०बजे सम्म राहुकाल रहेकाे छ।
आज कालराहुकाे दिशा पूर्व रहेकाे छ । आज वार शूल , पूर्व याेगिनी शुल पूर्व दिशामा परेकाे छ । ।
आजकाे लागि शुभ समय १०:३०देखि ११:५५
सम्म रहने छ।
अमृत समय दिउँसो ३:३०बजे देखि ५:००सम्म रहने छ ।
आजकाे लागि शुभ रङ्ग निलाे रहेकाे छ ।
आज जन्मेका बालबालिकाकाे राशि कुम्भ रहने छ ।
आज रुद्री ,अग्नि जुरेकाे छ ।
आज राति १:९ मिनेट पछि भद्रा लाग्ने छ ।आज भद्राकाे बाँस मर्त्यलाेकमा हुने छ।आज पंचक रहेको छ।
जय शम्भु !
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij