मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मेष राशिको लागि दिन त्यति राम्रो रहेको छैन । व्यावसायिक साझेदार तथा श्रीमती सँगको सम्बन्ध त्यती राम्रो हुनेछैन । सहयाेगि माथी पनि पूर्ण विश्वाश नगर्नु हाेला। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहने छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज वृष राशिलाई धन लाभको योग छ । कुलकाे नाम उज्वल बनाउने दिन छ। आज बिद्यार्थी काे लागि राम्रो दिन छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिको लागि आज राम्रो दिन छ । नचिताएकाे कामबाट फाइदा हुने छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको लागि आज साहित्य र कलामा राम्रो छ । अाज घमण्ड र जिद्दी पना बढ्ने छ ।परिश्रमकाे उचित फल मिल्ने छ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अाजकाे दिन राम्रो छैन । धन हानिकाे योग छ । धार्मिक घुमघाम हुने याेग छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिको लागि ज्ञान बडने योग छ । सामाजिक काममा सक्रिय हुने दिन छ । अाजकाे समय मध्यम बित्नेछ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिको लागि बाेलिकाे कदर हुने योग छ । धार्मिक बार्तालाभ हुनेछ । इच्छा शक्ति बढ्ने दिन छ ।बिद्यार्थीकाे लागि राम्रो दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अाजकाे दिन धेरै राम्रो छ । घरबाट बाहिर निस्कने मन लाग्नेछ । दिगाे अाम्दानी कामकाे याेजना बन्ने दिन छ । अध्यात्म तथा याेगतर्फ ध्यान बढ्नेछ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
बाेलि प्रभावकारि रहनेछ। धन खर्च हुने योग छ । गरेका काम पूरा हुने दिन छ । बिद्यार्थीकाे लागि राम्राे छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सुख समृद्धि प्राप्तिको योग छ ।परिवार र समाजको हकहितको कार्य गरिने छ । गुलियो चिल्लो खानामा रहर जाने छ । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पढाइमा सफलता मिल्नेछ। साथी भाइको सहयाेग मिल्ने छ। पराक्रम देखाउने दिन छ । कुल र परिवारकाे काममा लाग्ने दिन छ । पढाइ राम्रो हुनेछ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
सबै जनाले काममा सहयाेग गर्ने छन स्वास्थ्यमा सुधार हुने छ। पढाइ राम्रो हुनेछ । गृहिणीलाई मित्रहरूले सहयाेग गर्नेछन् । सामाजिक कार्यमा सफलता मिल्नेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij