
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
एकादशी भनेकाे चन्द्रमासकाे एघारौं दिन हाे । यी सामान्यतया बर्षमा चौविस वटा पर्ने गर्दछन् ।अधिक मास परेकाे बर्षमा छविस् वटा हुन्छन्। एकादशीलाई हरिवासर, माधवतिथि पनि भनिन्छ ।प्रत्येक एकादशीकाे आफ्नै महत्त्व र बिशेषता रहेका छन् । एकादशी तिथि भगवान बिष्णुकाे प्रिय दिन हाे । अाजकै दिनमा तुलसीकाे दल पनि राेपिन्छ ।

वैज्ञानिक कुरा गर्दा हाम्रो खानपानकाे गढबढिले हामीलाई सम्पुर्ण रुपमा असर गर्छ । भनिन्छ अति भयाे भने खति हुन्छ । यहाँ त्यही नियम लागू हुन्छ। यदि हामीले चाहिने भन्दा धेरै क्यालाेरि खायौं मास-मदिरा खायौं नित्य यौनिकक्रिया गर्यौं भने डि.एन.ए.मा भएकाे टेलामाेर जाे कि सुचना सुरक्षित राख्न डि.एन.ए धेरै मात्रामा खेर जान्छन् । जवकि सात्त्विक भाेजन गर्नेकाे सदाचारमा रहनेकाे याे काेषिय क्षय नगन्य मात्रामा हुने गर्छ । जसले गर्दा तागत पनि ज्यादा मिल्ने हुन्छ ।
व्रतकाे समयमा स्वास दिर्घ हुने र स्वतः प्राणायाम हुने भएकाेले आयु बढ्छ । हाम्रो शरीरमा लगभग पचहत्तर प्रतिशत पानी वा तरल पदार्थ हुन्छ । जसले गर्दा कुनै पनि किरण, विकिरण (bio magnetic current, electro magnetic current electro static field current ) बिद्युतकाे कुशल सुचालक हाे ।
पृथ्वीबाट सबभन्दा नजिक रहेकाे ग्रह चन्द्रमा हाे । जसलाई मनकाे कारक भनेर पनि मानिएको छ।नजिक भएको र अज एकादशि देखि पुर्णिामा/(औंसी) सम्म घुम्ने क्रममा अज नजिक आइपुग्ने हुँदा मानिसलाई धेरै असर गर्छ ।
भनिन्छ आफ्नाे थैलोकाे मुख राम्रोसँग बाँध्याे भने कसैलाई चाेर दाेष लगाउन पर्दैन । त्यसैले हामीले दैनिकीमा केही परिवर्तन ल्याउँदा जीवन धेरै स्वास्थ रुपमा जिउन पाइन्छ भने किन नगर्ने । हामीले प्रत्यक्ष पनि थाहा पाइरहेको कुरा हाे विभिन्न आपराधीक कृयाकलापहरु प्राय एकादशी देखि पूर्णिमा सम्म हुने गर्दछन् । समुन्द्रमा छाल पनि बढी मात्रामा यही समयमा आउने गर्दछ । आयुर्वेद अनुसार त्रिगुण र सप्तधातुकाे खराबीबाट राेग उत्पन्न हुने गर्दछ । एकादशिकाे दिनमा अन्न सेवन गरेमा विकार वा पाप पैदा हुन्छ त्यसैले खानु हुँदैन ।
सबैभन्दा राम्रो उपवास निर्जला एकादशी हाे । जुन अहिलेकाे हाे । तर अहिलेका मानिसले साे गर्न सक्दैनन् त्यसैले मन्ताताे पानी समय समयमा खाएर गर्नु नै राम्रो हाे । श्रीमद्भगवत गीता अध्याय (१७/१९) श्लेाकले पनि शरिरलाइ पीडा दिएर आफुलाइ हानि पुर्याउनु हुँदैन भनेकाे छ । विज्ञानले पनि पूर्ण उपबाश बर्जित गरेकाे छ । किनभने उपबासकाे क्रममा जुन क्षार उत्पनन भएकाे हुन्छ ।त्यसलाइ बाहिर फालि शारीरिक भित्री उपचार प्रक्रिया (internal healing prosses)मा सहयोग गर्नुपर्ने हुन्छ ।
महाभारतमा जनाए अनुसार यदि अधिकमास सहित एक बर्षमा रहेका छव्विस ओटा व्रत मध्ये पच्चीस वटा नगरी याे एउटा गरेपनि सवै व्रत गरेको फल मिल्दछ भनिएको छ । तर श्रद्धा विना र अनुचित कामना राखेर गरेकाे उपाशना चाहिँ पुर्ण हुँदैन । (भ.गीता १७ अध्यायका १९ र २८ श्लाेक)
पानी पिएर गरेको व्रत व्रत गरेकाे पनि मानिन्छ र नगरेकाे यानि ताेडेकाे पनि मानिन्छ। जुन कुरा राजा अम्वरिस र दुर्वासा बिचकाे कथा प्रसङ्गबाट पनि बुझ्न सकिन्छ । भगवान सधै भक्तकाे साथमा हुनुहुन्छ भन्ने र पारजा काे महत्त्व पनि दर्शाईएकाे छ।जस अनुसार नक्षेत्राआन्तमा र द्वादशी तिथि अन्त्य नहुदै पारजा गर्नुपर्ने हुन्छ ।बैष्णव अपराधकाे कुरा पनि दर्शाइएकाे छ ।
पद्मपुराणका अनुसार एकादशी व्रत आठ बर्ष देखि असी बर्ष सम्मका सबैले गर्नुपर्दछ ।अशक्त र विरामीकाे लागि भने हाेइन।
पातञ्जली याेग सुत्रका अनुसार यदि मंसहार गर्ने ब्यक्ति छ भने महिनादिनकाे उपबासले पनि पुर्ण रुपमा पवित्र हुदैन ।एकादशी व्रतले त सात्विककाे सुद्धता गर्दछ । अब निर्जला एकादशीकाे कथाकाे ज्ञान थाहा पाउनाले पुन्य मिल्दछ ।
महाभारतकालमा एक दिन महर्षि वेदव्यास पाण्डवहरुलाइ एकादशी ब्रतकाे महत्त्व सम्झाउँदै हुनुहुन्थ्यो । महत्त्व सम्झिएपछि भिम बाहेक अरु सबैले र द्रौपदीले पनि व्रत गर्ने संकल्प गरे ।भीमकाे पेटमा बृक्क नामक अग्नि थियाे जसले गर्दा भाेक धेरै लाग्थ्यो । नाग प्रदेशको दस कुण्डकाे रस पिउनाले जब उसमा दशहजार हात्तीको बल आयाे तब उसमा भाेक झन वढेर गयाे । जसले गर्दा उनी बर्ष भरिका एकादशी व्रत गर्न असमर्थ भए । महत्त्व सुनेर व्रत गर्ने मन पनि लाछ दुविधामा परे ।
उनले आफ्नाे स्थिति महर्षि वेदब्यास समक्ष राखे ।अनि वेदव्यासले सम्झाउँदै भन्नुहुन्छ । यदि तिमी ज्येष्ठ शुक्ल एकादशीकाे निर्जला व्रत राख्यौ भने बर्ष भरिका अरु सबै एकादशी उपाशना गरे बराबरको फल मिल्नेछ । त्यसै सल्लाह अनुसार भिमसेनले पनि याे एकादशीकाे व्रत गर्नुभयाे । त्यसै कारण याे एकादशीलाइ भीमसेन एकादशी पनि भनिन्छ ।
अन्त्यमा हामीले माथिकाे प्रसङ्गबाट याे कुरा बुझ्यौं कि जसरी जानेर छाेएपनि अञ्जानमा छाेए पनि आगाेकाे काम पाेल्ने हाे, त्यसरी नै जानेर वा नजानेर गरेपनि महिनामा दुइपटक छत्तीस छत्तीस घण्टा वा चौवीस चौवीस घण्टा उपवास गर्दा शारीरिक र मानसिक सुगठनमा अवश्य पनि प्रभावकारी भुमिका खेल्नेछ ।
ज्याे.पं विष्णु प्रसाद खनाल
९८४१५९८८४८
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij