२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ  ७ गते बुधबारकाे पात्राे

आज ज्येष्ठ  ७ गते बुधबारकाे पात्राे

आज २०७७ साल ज्येष्ठ  ७ गते बुधबार  तदअनुसार  मे -२० २०२० । शाके संवत् १९४२ । प्रमादी  (४७) नामकः संवत्सर ।  उतरायणं । ग्रीष्म ऋतु । नेपाल संवत् ११४० वछला थ्व ।

ज्येष्ठ कृष्ण पक्ष। तिथि -त्रयाेदशी  (३६घ५०प) १९:५८बजे सम्म रहेकाे छ  ।

तिथि देवता कामदेव : त्यसपछि ज्येष्ठकृष्ण चतुर्दशी देवता शिव :रहेका छन्  ।नक्षत्र -अश्विनी (४४घ५३प)२३:१२बजे सम्म  रहेको छ ।

नक्षत्र देवता दसाैं (अश्विनी  कुमार) त्यसपछि भरणी देवता यम : रहने छन् ।  याेग- आयुष्मान :(२घ४१प) ६:१९बजे सम्म  त्यसपछि साैभाग्य:  रहेको छ ।

करण- गर( ४घ २७प) ०७:०१बजे सम्म त्यसपछि वणिग (३६घ५० प)१९:५८ बजे सम्म त्यसपछि विष्टि  रहेको छ।

आनन्दादिमा मृत्यु  याेग ।

श्री सूर्य बृषराशिमा र चन्द्रमा-   मेष राशिमा रहेकाे  छ ।

चन्द्रमाकाे वर्ण: दिशा  वर्ण  राताे दिशा  पूर्व रहेकाे  छ ।

काठमाडौंमा सुर्याेदय -५:१५बजे सुर्यास्त १८:४७बजे र दिनमान ३३ घडी ५१ पला रहेकाे छ ।

आज दिउँसो  १२:०० देखि १:३०बजे सम्म राहुकाल रहेकाे छ।आज कालराहुकाे दिशा   नैर्ऋत्य  रहेकाे छ । आज वार शूल उत्तर:याेगिनी शुल   दक्षिण  दिशामा परेकाे छ ।

आजकाे लागि शुभ समय १:३० देखि ३:०० बजे सम्म रहने छ।

अमृत  समय दिउँसो १०:३०बजे देखि  ११:५५  बजे सम्म रहने छ ।

आजकाे लागि शुभ रङ्ग हरियो र  राताे रहेकाे छ ।

आज  जन्मेका बालबालिकाकाे  राशि   मेष रहने छ ।

आज रुद्री   जुरेकाे  छ । आज प्रदाेष व्रत रहेको छ । आज भद्रा (३६घ५०प) १९:५८ बजेपछि रहेको छ। आज भद्रा स्वर्गलाेकमा रहेकाे छ ।

कुन औंलाले टीका लगाए के-के फल मिल्छ ।

टीका लाउँदा साहिली औंलाले लगाए शान्ति मिल्छ ।

माहिली ‍औंलाले लगाए आयु बढ्छ, बूढी औंलाले लगाए पुष्टि प्राप्त हुन्छ र चाेर औंलाले लगाए माेक्ष मिल्छ ।

जय शम्भु !!

https://www.facebook.com/SadhmargaAstrologyNepal/

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij