मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा तेस्रो स्थानमा रहेकाे छ । आजकाे दिन तपाईंका भाइबहिनीको सहयोग मिल्नेछ। आज धार्मिक तथा सामाजिक कार्य हुनेछ। आज मान्यजन तथा पिताबाट काममा भर्पुर सहयोग मिल्नेछ। विद्यार्थीकाे लागि राम्रो छ । आज आर्थिक दृष्टिले शुभ रहेको छ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहने छ । आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा चतुर्थ स्थानमा रहेको छ । आज जिद्दीपना त्याग्नु होला। आजको दिन लगन र आत्मविश्वासको कारण काममा सफलता मिल्नेछ। आजको दिन राम्ररी चल्नेछ। आज भौतिक सुख सुबिधामा वृद्धि हुनेछ। व्यापारमा वृद्धि हुनेछ। यश र कृति बढ्नेछ। बिद्यार्थीका लागि आजकाे दिन राम्रो रहेकाे छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन पञ्चम स्थानमा चन्द्रमा रहेको छ। आज कलात्मक कार्यमा रुचि बढ्नेछ। आज खर्चमा वृद्धि हुनेछ । धार्मिक कार्यमा संलग्न होइने छ । व्यापार मध्यम हुनेछ। विद्यार्थीकाे मन आज स्थिर हुनेछैन। स्वास्थ स्थिति राम्रो छ । दाम्पत्य सम्बन्ध राम्रो हुनेछ। शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ । हजुरकाे दिन शुभ हाेस् । आफ्नाे अनि परिवारकाे ख्याल राख्नुहाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा छैटौं स्थानमा रहेको छ। आज कामको बोझ ज्यादा हुनेछ। आज कार्य क्षेत्र परिवर्तनमा मन जान सक्छ । बोलिको प्रभावले धेरै काम बन्न सक्छ । आज फसेको लगानी उठ्ने दिन छ। व्यापार मध्यम हुनेछ। विद्यार्थीकाे त्यति राम्रो छैन। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दिन सातौं स्थानमा चन्द्रमा रहेकाे छ। आजको दिन परिवारसँग रमाइलोमा बित्नेछ। आज काममा केही चुनौतीहरु देखा पर्नेछन् । आज कुनै ठुलो निर्णय गर्नु परेमा अनुभवी व्यक्तिको सल्लाह लिनुहोला। विद्यार्थीकाे लागि ठिकै छ । स्वास्थ्य राम्रो रहेको छ । यस राशिको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् । आज सरसफाइमा ध्यान दिनुहाेला । हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आठौं स्थानमा चन्द्रमा रहेको छ । पारिवारिक सम्बन्ध राम्रो हुनेछ । आज परिवारमा सुख शान्ति मिल्नेछ । आज व्यापार ठिकै हुनेछ। विद्यार्थीकाे लागि आजको दिन मध्यम छ । आज दिनभर व्यस्त होइन्छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ । आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नवौं स्थानमा चन्द्रमा रहेको छ । आज हजुरको कुरा सबैलाई मनपर्ने छ । राजनीतिक क्षेत्रको व्यक्तिलाई लाभ मिल्नेछ । आज पहिले फसेको धन प्राप्त हुनेछ । आज आत्मविश्वासको वृद्धि हुनेछ। विद्यार्थीकाे लागि राम्रो दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा दशौं स्थानमा रहेको छ। आजको दिन कार्य क्षेत्रमा सम्मान मिल्नेछ । आज प्रतिद्वन्द्वी परास्त हुनेछन् । व्यापारमा वृद्धि हुनेछ। विद्यार्थीकाे लागि राम्रो छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस् ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा एघारौं स्थानमा रहेकाे छ। आजकाे पहिलाको कामको फल मिल्नेछ। आज आत्मविश्वासमा वृद्धि हुनेछ। आज यात्राको योग पनि रहेको छ । विद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा ठिकै हुनेछ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला। आजकाे दिन शुभ हाेस् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा बाह्रौं स्थानमा रहेको छ । आजको दिन सामाजिक कार्यमा मन जानेछ। आज परिवार र साथीहरूको सहयोग मिल्नेछ। विद्यार्थीकाे लागि राम्रो छ । बोलिमा सम्यम राख्नुहोला । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ । सरसफाइमा विशेष ध्यान दिनुहाेला । आफ्नाे र परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन प्रथम स्थानमा चन्द्रमा रहेका छन् । आजकाे दिन आफुभन्दा ठुलाको सल्लाह लिँदा काम बन्नेछ । आज भाग्यले साथ दिनेछ । आज इच्छा पुर्ति हुनेछ । वाणी र व्यवहारमा संयम राख्नुहोला। विद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नुहाेला । आजकाे दिन शुभ हाेस् ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा द्वितीय स्थानमा रहेका छन् । आजको दिन आत्मविश्वासमा वृद्धि हुनेछ । मनमा नकारात्मक विचार पनि आउन सक्छन् । मानसम्मानमा वृद्धि हुनेछ । पढाइ राम्रो हुनेछ । बोलिमा ख्याल राख्नुहोला । यात्राको योग छ । धार्मिक कार्य हुनेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे-जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल, सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना आउन् । जय शम्भु ।।