
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा छैटौं स्थानमा रहेकाे छ । आजकाे दिन कुनै पनि कार्यमा सफलता मिल्ने छ । आज अरुलाई सहयोग गर्दा आफुलाइ पनि फाइदा मिलने छ । बोलिमा संयम राख्नु होला । आज धार्मिक कार्य हुनेछ । ब्यापारमा लाभ हुनेछ । भगवान् र आफूभन्दा ठुलाको आशिर्बाद लिएर काम गर्दा राम्रो हुनेछ । बिद्यार्थीकाे लागि राम्रो छ । शुभ रङ रातो, शुभ अङ्का ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा सातौं स्थानमा रहेको छ । आज घरपरिवारको स्थितिमा सुधार आउने छ। आज दैनिकी राम्ररी चल्नेछ । आत्मबिश्वाश बढ्नेछ । आज ब्यपारमा वृद्धि हुनेछ ।बिद्यार्थीका लागि आजकाे दिन ठिकै रहेकाे छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला, आफ्नाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन आठौं स्थानमा चन्द्रमा रहेको छ । आज सामाजिक कार्यमा संलग्न होइन्छ । आज कार्य क्षेत्रमा सफलता मिल्नेछ । आय साथसाथै ब्यय पनि वृद्धि हुनेछ। आज थकानको महसुुस ज्यादा हुनेछ। र्बिद्यार्थीकाे लागि मिहिनेतकोफल मिल्नेछ । स्वास्थ स्थिति राम्रो छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ । हजुरकाे दिन शुभ हाेस । आफ्नाे अनि परिवारकाे ख्याल राख्नु हाेला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा नवौं स्थानमा रहेको छ। आज आफ्नो योजना सफल हुनेछ । आज धैर्यमा केही कमि आउने छ।बिद्यार्थी काे लागि आत्मविश्वासमा वृद्धि हुनेछ । कार्यक्षेत्रमा स्थितिमा केही सुधार आउने छ।ब्यपार र लगानीमा धन हानिको योग छ । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला । घरमै बस्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दिन दशौं स्थानमा चन्द्रमा रहेकाे छ । आज ज्यादा विश्वास गर्दा धोका हुन सक्छ । आज कार्यक्षेत्रमा हजुरको मालिक खुसी रहनेछन् । आत्मबिश्वास बढ्नेछ । बोलिमा सम्यम राख्नुपर्नेछ । आज खर्चमा वृद्धि हुनेछ । बिद्यार्थीकाे लागि मध्यम फल मिल्नेछ । स्वास्थ्य राम्रो रहेको छ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् । आज सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज एघारौं स्थानमा चन्द्रमा रहेको छ । आज पारिवारिक विवादको समाधान हुनेछ । आज भाग्यले साथ दिनेछ । आज व्यापारमा मध्यम हुनेछ । आज खर्चमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि आज मध्यम दिन छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ । आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज बाह्रौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन सामजिक कार्यमा मन लाग्नेछ।आज यात्राको योग छ । आज कार्यछेत्रमा आफ्नो मालिक खुसी रहनेछन् । आत्मबिश्वासको वृद्धि हुनेछ ।बिद्यार्थीकाे लागि सफलताको दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा प्रथम स्थानमा रहेको छ । आज दाजुभाइ तथा मित्रको सहयोग मिल्नेछ। आज पहिला गरेका कामहरु पूरा हुनेछन् । आज कुनै राम्रो समचारले उमंग छाउनेछ।बिद्यार्थीकाे लागि राम्रो छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ । आजकाे दिन शुभ हाेस् । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा द्वितीय स्थानमा रहेकाेछ। आज राम्रो दिन रहेको छ। साथीभाइको सहयोग मिल्नेछ। ब्यपारमा मध्यम रहनेछ ।खर्चमा वृद्धि हुनेछ ।भाइबहिनीकाे सहयोग मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा तृतीय स्थानमा रहेको छ। आज जीवनको कुनैपनि महत्त्वपूर्ण फैसला नलिनु होला । आज पुरानो साथीसँग भेटघाट हुनेछ। आज आर्थिक स्थिति बढ्नेछ।बिद्यार्थीकाे लागि राम्रो छ । धार्मिक कार्यमा संलग्नता रहनेछ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ । सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन चतुर्थ स्थानमा चन्द्रमा रहेका छन् । आजकाे दिन ठिकै मात्र रहेकाे छ।आज खर्चमा वृद्धि हुनेछ।आज कहि लगानी गर्नुभन्दा पहिला धेरै सोच्नु होला । बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ। बाेल्दा बिचार पुर्याएर मात्र बाेल्नु हाेला ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा पाँचौं स्थानमा रहेका छन्। आज सन्तानको चिन्ता बढ्नेछ। आज निजी जीवन सफल रहेपनि कामकाजमा निकै भागदैडमा मात्र सफलता मिल्नेछ । बोलिको प्रभावले कार्यमा सफलता मिल्नेछ । पढाइ राम्रो हुनेछ। स्वास्थ्यमा सुघार आउने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनु हाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । मनमा शिव (कल्याणकारी ) भावना आउन् । जय शम्भु ।।
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij