
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजकाे दिन पाँचौं स्थानमा चन्द्रमा रहेका छन्। आज हजुरको निजी तथा कामकाजि जीवनमा राम्रो बदलाव आउनेछ। बिशेष ख्याल राख्नु होला । आज जागिर तथा व्यपारिक जीवनमा आफ्नो व्यवहारलाई केही राम्रो बनाउनु पर्ने हुन्छ । आजको दिन व्यापारीक दृष्टिकोणले राम्रो दिन रहेकोछ। आज व्यापारमा वृद्धि हुनेछ। मधुर र संयमित बोलि बोल्नुहोला । बिद्यार्थीकाे लागि आजकाे दिन राम्रो छ।सामाजिक संजाल र मोबाइलमा कमैसमय खर्चिनु होला। स्वास्थ्य ठिकै रहनेछ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार राशि स्वामी मंगल रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा छैटौं स्थानमा रहेका छन् । आजको दिन प्रसन्नताले भरिपूर्ण हुनेछ, राम्रो समाचार सुन्नमा आउनेछ। आज गरेका काम सफल हुनेछन्।मानसम्मानमा वृद्धि हुनेछ।सहयोगी हात बढाउदा राम्रो हुनेछ।घरमा धार्मिक कार्य हुनेछ। परिवारमा र साथीभाइमा प्रेम र सद्भाव हुनेछ। सकारात्मकता बढ्नेछ। आज ब्यापारमा लाभ हुनेछ।बिद्यार्थीको लागि राम्रो रहेको छ।स्वास्थ्य राम्रो रहनेछ।प्रेम र दामप्तय जीवन राम्रो हुनेछ।शुभ रङ पहेँलो, शुभ अंक ३ शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या र राशि स्वामी शुक्र रहेको छ ।आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज चन्द्रमा सातौं स्थानमा रहेकाे छ ।आज हजुरको पारिवारिक स्थितिमा सुधार आउनेछ।आज समय र उर्जा सहि ठाउमा लगाउदा सफलता मिल्नेछ।दैनिकी राम्रोसँग चल्नेछ।वोलिमा मधुरता र काममा संयमता अपनाउनु होला। आयआर्जनमा कमि आउनेछ। विद्यार्थीको लागि आजको दिन सामान्य रहनेछ।मेहनत को अपेक्षित फल मिल्नेछैन। स्वास्थ्य आज सामान्य रहने छ।दाम्पत्य जीवन र प्रेम जीवन रम्रो हुनेछ। व्यापार सामान्य रहनेछ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ । हजुरकाे दिन शुभ हाेस् । आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजकाे दिन चन्द्रमा आठौं स्थानमा रहेको छ। आजको दिन सामाजिक महत्त्वपूर्ण कार्यमा संलग्नता होइनेछ।आज मनमा डर चिन्ता हुनेछ। खानपिनमा रुचि बढ्नेछ।कुनै पनि कामलाई हल्का हिसाबमा नलिनु होला। बिद्यार्थीको लागि राम्रो रहेको छ।व्यापारमा वृद्धि हुनेछ।आज व्यापारमा लगानी गर्दा फाइदानै हुनेछ।भुमि र घरको चिन्ताले सताउने छ। स्वास्थ्य पनि राम्रो रहनेछ। आजको दिन कार्य सफल हुनेछन्। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजकाे दिन नवौं स्थानमा चन्द्रमा रहेको छ।आज हजुरको योजना सफल हुनेछन्। आज दिनभर ब्यस्त भइनेछ।आज साथिभाइ र सन्तानको सहयोग मिल्नेछ।विद्यार्थीको लागि आजको दिन राम्रो रहनेछ।मेहनत को फल अवश्य मिल्नेछ। स्वास्थ्य आज ठिकै रहने छ।दाम्पत्य जीवन सुखमय हुनेछ। व्यापार तथा लगानीमा धन हानिको योग छ विशेष ख्याल राख्नुहोला।शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज चन्द्रमा दसौं स्थानमा रहेको छ। आजको दिन कसैप्रति अन्धभक्त बनेमा धोका पाइनेछ।आज नया साथीसङ्गी बनाइनेछ।बोल्दा धैर्य र संयमका साथ सोचे सम्झेर बोल्नु होला नत्र हजुरका प्रतिद्वन्द्वी त्यसैमाथि टेकेर अगाडि बढ्नेछन्। बिद्यार्थीको लागि आजकाे दिन राम्रो रहने छ।व्यापारमा सोचेअनुरुप प्रतिफल नमिल्न सक्छ।आजको दिन कतै धन लगानी गर्दै हुनुहुन्छ भने विज्ञको सल्लाह बिना नगरेको नै राम्रो हुनेछ। स्वास्थ राम्रो रहेको छ। शुभ बार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन एघारौं स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन पारिवारिक जीवनमा सुधार आउने छ।आज बिग्रेका सम्बन्ध बन्नेछन्।आज बिग्रेका रोकिएका काम बन्नेछन्। आज कसैसँग मनमुटाव हुनेछ जस्ले गर्दा चिन्ता बढनेछ।दुर्घटनाको योग बनेको छ हरेक क्रियाकलाप बिशेष सावधानीका साथ सम्पन्न गर्नु होला।बिद्यार्थीकाे लागि आज सफलताको योग बनेको छ।व्यापारमा लगानीको योग बनेको छ। स्वास्थ्य स्थिति ठिकै छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन बाह्रौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन सामाजिक कार्यमा मन लाग्नेछ। आजको दिन रोकिएका र बिग्रिएका काम बन्ने छन्।आज आय संगसंगै व्ययमा पनि वृद्धि हुनेछ।आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार राम्रो हुनेछ। विद्यार्थी काे लागि राम्रो छ।स्वास्थ्य राम्रो छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ।आज मिष्ठान भोजनको योग छ।शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजको दिन प्रथम स्थानमा चन्द्रमा रहेको छ। आजको दिन साथिभाइ आफ्न्तको सहयोग मिल्नेछ।पहिले गरेको कामको प्रतिफल आज मिल्नेछ।व्यापारमा लाभ हुनेछ। आज यात्राको योग पनि रहेको छ। बिद्यार्थीको लागि राम्रो छ।स्वास्थ्यको स्थिति सामान्य रहनेछ ।आज रिस ज्यादा बढ्नेछ। प्रेम तथा दाम्पत्य हिसाबले दिन राम्रो छ।सम्बन्धको सुरुवात पनि हुनसक्छ ।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज चन्द्रमा दोस्रो स्थानमा रहेको छ।आजको दिन सहयोगी हातको सहयोग मिल्नेछ ।आजको दिन उत्सुकताले नया काममा सफलता मिल्नेछ।आज रिसमा नियन्त्रण गर्नु होला नत्र ठुलै हानी हुनसक्छ।आफ्नो काम प्रतिको लगावले ठुलै सफलता मिल्नेछ।आज व्यापारमा आय भन्दा व्यय ज्यादा हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ।स्वास्थ्यको हिसाबले आजको दिन ठिकै रहेको छ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज चन्द्रमा तेस्रो स्थानमा रहेकाे छ।आजको दिन कुनैपनि महत्त्वपूर्ण फैसला नगरेकै राम्रो हुनेछ।आज कामकाजमा सफलता मिल्नेछ।आजको दिन क्रोधमा नियन्त्रण राख्नु होला। बिद्यार्थीकाे लागि ठिकै छ। व्यापारमा मध्यम हुनेछ नोकरी गर्नेलाई भने राम्रो छ। परिवारसंग खट्पट् हुन सक्छ।सम्हालेर व्यबहार गर्नुहोला।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा चौथो स्थानमा रहेको छ । आजको दिन लग्न जोस र जागरले काम गरेमा सफलताको शिखर प्राप्त गर्न सकिने । आज मानसम्मानमा वृद्धि हुनेछ।आज व्यापारमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि सामान्य रहेको छ।भाग्योदय हुनेछ।प्रेम र दाम्पत्य जीवन राम्रो रहनेछ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी) भावना आउन् । जय शम्भु ।।
ज्याे पं विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/
सद्मार्ग र सदाचार जीवन जीउने आधारBottom of Form
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij