२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज आषाढ ०४ गते बिहीबारको राशिफल

आज आषाढ ०४ गते बिहीबारको राशिफल

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा प्रथम स्थानमा रहेकाे छ ।आजकाे दिन भाइ र मित्रको सहयोग मिल्नेछ। आजको दिन सोचेको काम पुरा हुनेछन्।आजकोदिन जागिरमा आफुभन्दा ठूलासंग मतभेद हुन सक्नेछ।आज आयमा वृद्धि हुनेछ। व्यापारमा वृद्धि हुनेछ।आजको दिन लगानी गर्नको लागि राम्रो रहेको छ।तर सोचे सम्झेर मात्र गर्नु होला। विद्यार्थीको लागि आजको दिन राम्रो छ।स्वास्थ्यको कुरा गर्दा ग्यास वा एसिडिटीको सामना गर्नुपर्छ खानपिनमा बिशेष ख्याल राख्नु होला । दाम्पत्य जीवन सुखमय हुनेछ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार रहनेछ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा दोस्रो स्थानमा रहेको छ। आजको दिन कुनै नजिकैको साथी र प्रेमीजनको सहयोग मिल्नेछ। आजको दिन बुद्धिजीवीको सल्लाह लिएमा काम बन्नेछ।आज हजुरको उत्सुकताले नयाँ काम सिकाउने छ।आजको दिन रिस ज्यादा उठ्ने छ नियन्त्रणमा राख्नुहोला।आजको दिन आत्मविश्वासमा वृद्धि हुनेछ तर आयमा कमि खर्चमा बृद्धिले गर्दा केही चिन्ता बढ्नेछ। आज समाजमा प्रतिष्ठा मिल्नेछ। बिद्यार्थीक‍ो लागि आजकाे दिन राम्रो रहने छ।माता सरस्वतीको स्मरण गर्नुहोस् अवस्य सफलता मिल्नेछ। स्वास्थको कुरा गर्दा ठिकै मात्र रहनेछ आज पुरानो रोगले सताउने सम्भावना ज्यादा छ।शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन तेस्रो स्थानमा चन्द्रमा रहेको छ। आजको दिन कुनैपनि ठुलो फैसला नलिनु होला एक्दमै जरुरी भएमा आफुभन्दा ठूला र बुद्धिजीवीसंग सल्लाह लिएर मात्र गर्नुहोला।आज हजुरको बोलिमा संयम राख्नु होला।आज माता पिता र दाजुको सहयोग मिल्नेछ। आज मानसम्मान मिल्नेछ। आज धार्मिक यात्राको सम्भावना ज्यादा छ।व्यापारमा लाभ हुनेछ। बिद्यार्थीकाे लागि आज ठिकै छ। निराशा र चिन्ता बढ्नेछ। स्वास्थ्य स्थिति ठिकै छ।आज अचानक धन लाभको योग बनेको छ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा चौथो स्थानमा रहेको छ। आज रोकिएका फसेका कामहरू बन्नेछन्। आज मानसम्मानमा वृद्धि हुनेछ । आज पिता वा सो सरहको ब्यक्तिको सहयोग मिल्नेछ।आज ब्यक्तित्वमा सकारात्मक बदलाब आउने छ। व्यापारमा ठिकै हुनेछ। आय कम खर्च ज्यादा हुनाले चिन्ता बढ्नेछ। विद्यार्थी काे लागि राम्रो छ। सामाजिक सञ्जालमा कम समय मात्र बिताउनु होला। रिसमा नियन्त्रण राख्नुहोला। स्वास्थ्य केही कमजोर रहनेछ ख्याल गर्नुहोला । वैवाहिक जीवन सुखमय रहनेछ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन पाचौं स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन कामकाजमा सफलता मिल्नेछ।आज आफुभन्दा ठुलाको आशिर्वाद प्राप्त हुनेछ।आज नकारात्मक सोचपनि आउनेछन तिनबाट बच्नुहोला।आज मधुर बाणिको प्रभावले काम सफल हुनेछ।स्वास्थ्य राम्रो रहेको छ। व्यापारमा लाभ हुनेछ।बिद्यार्थीको लागि आज ज्यादा मिहिनेतमा मात्र सफलता मिल्नेछ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन छैटौं स्थानमा चन्द्रमा रहेको छ।आजको दिन कुनै नयाँ कार्य थालनी गरेमा उन्नति मिल्नेछ।आज हिम्मत र पराक्रम बढ्नेछ।दैनिकी राम्ररी चल्नेछ।आज वादविवाद बाट टाढै रहनुहोला।आज व्यापार राम्रो हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ,कम मेहनतमा नै राम्रो प्रतिफल प्राप्त हुनेछ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।

‍तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सातौं स्थानमा चन्द्रमा रहेको छ।आजको दिन घरपरिवारको स्थितिमा सुधर आउनेछ।आज दैन्नदिनी राम्ररी चल्नेछ।आज कसैले हजुरको भावनासंग खेल्नेछन् ख्याल राख्नु होला।सन्तानको सुख मिल्नेछ।आजको दिन मित्रको सहयोग पनि मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो दिन छ।व्यापारमा वृद्धि हुनेछ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा आठौं स्थानमा रहेको छ।आजको दिन सामाजिक महत्त्वको कार्यमा व्यस्थ होइन्छ। आज आयमा वृद्धि हुनेछ।आज व्यापारमा राम्रो हुनेछ । बिद्यार्थीकाे लागि सामान्य रहेको छ।मिहिनेत अनुरुप फल मिल्ने छैन।आज थकान महसुस हुनेछ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा नवौं स्थानमा रहेकाेछ।आजक‍ो दिन हजुरको योजना सफल हुनेछन्।आज दिनभर ब्यस्त होइनेछ। सन्तानको सुख पनि मिल्नेछ। आज काम बन्नेछन्।आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा ठिकै हुनेछ। अचानक धनलाभको योग पनि बनेको छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला। आजकाे दिन शुभ हाेस ।

|मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा दसौं स्थानमा रहेको छ।आजको दिन कसैमाथि विश्वास ज्यादा नगरेको राम्रो ।मान प्रतिष्ठा प्राप्त हुनेछ।आज बोल्दा सोचेसम्झेर बोल्नुहोला गल्त अर्थ पनि लाग्न सक्छ।भावि योजना बन्नेछन् ।पारिवारिक सम्बन्धमा सुधार आउने छ।आत्मविश्वासमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ।व्यापारमा लाभ हुनेछ।स्वास्थ्य राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन एघारौं स्थानमा चन्द्रमा रहेका छन्। आज पारिवारिक सम्बन्ध राम्रो हुनेछ। आज भाग्यले साथ दिनेछ। बिद्यार्थीकाे लागि आजकाे दिन राम्रो छ।व्यापार राम्रो हुनेछ। स्वास्थ्य स्थिति राम्रो रहनेछ। आज खर्चमा केही वृद्धि हुनेछ। दुर्घटनाको योग बनेको छ बिशेष ख्याल राख्नुहोला।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस् ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा बाह्रौं स्थानमा रहेका छन्। आजको दिन सामाजिक कार्यमा मन जानेछ। बोल्दा सोचेसम्झेर मात्र बोल्नुहोला । परिवार र सहकर्मीको सहयोग मिल्नेछ । मानसम्मानमा वृद्धि हुनेछ। बिद्यार्थीको लागि मध्यम रहेको छ। यात्राको योग छ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

https://www.facebook.com/SadhmargaAstrologyNepal/
सद्मार्ग र सदाचार जीवन जीउने आधार

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij