२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आईएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता

आईएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता

काठमाडौं । आईएमई पे र चन्द्रागिरि हिल्सबीच प्रणय दिवसको अवसरमा फिल द एयर नामक अफर सञ्चालन गर्ने सम्झौता भएको छ । अफरअनुसार आईएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट काट्दा चन्द्रागिरि हिल्सका विभिन्न राइड्सहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।

सीमित समयका लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउने कम्पनीको भनाइ छ । सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ ।

यी दुई कम्पनीबीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । २८ माघदेखि १ फागुनसम्म आईएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij