२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अाेलि नेतृत्वमा इतिहासकै शक्तिशाली सरकार

अाेलि नेतृत्वमा इतिहासकै शक्तिशाली सरकार

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासमै शक्तिशाली सरकारको नेतृत्व गर्ने ठाउँमा पुगेको भन्दै नयाँ सरकार ‘एक्सन’मा जाने हैसियतको भएको बताएका छन् । संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिंदै प्रचण्डले जनताले भाषण नभएर काम खोजिरहेको बताएका हुन् ।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत जाहेर गर्दै अध्यक्ष प्रचण्डले यो सकारकार इतिहासमै शक्तिशाली सरकार भएका कारण परिणाम देखाउनुपर्ने चुनौती भएको बताए ।

सरकालाई जनताको दुई तिहाइ मत प्राप्त गरेका कारण जनताबाट अनुमोदित सरकार भएको उनले दावी गरे ।‘वाम गठबन्धनले जनस्तरबाटै अनुमोदन प्राप्त गरेको छ’, उनले भने, ‘आज हामीले  प्रक्रियामात्रै पुरा गरेका छौँ।’

आफ्नो पार्टीले एक महिना अगाडि नै केपी ओलीलाई समर्थनको पत्र राष्ट्रपतिलाई दिइसकेको बताउँदै उनले सरकारलाई काम गरेर अगाडि बढ्न आग्रह गरे।प्रधानमन्त्री ओलीप्रति आफू र आफ्नो पार्टीको गहिरो विश्वास रहेको भन्दै उनले प्रधानमन्त्रीले गरेका प्रतिबद्दता व्यवहारमा देखिने विश्वास लिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij